उपमहानगरपालिकाका नगर प्रमुख हर्कराज राई (हर्क साम्पाङ) ले धरानलाई स्वास्थ्य सङ्कटकाल घोषणा गर्न आवश्यक नभएको बताएका छन । बुधवार आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गरी साम्पाङले यस्तो बताएका हुन । साम्पाङले अहिले नै स्वास्थ्य संकटकाल घोषणा गरेर केही नहुने भन्दै जनता आफै लामखुट्टेको लार्भा नष्ट गर्ने अभियानमा लाग्नु पर्ने बताए । पत्रकारको जिज्ञासामा साम्पाङले ‘धरानलाई स्वास्थ्य आपतकालिन घोषणा गर्न जरुरी छ र ? मैले नबुझेको नी , हैन के हुन्छ घोषणा गर्दैमा ? भनेर पत्रकारलाई प्रतिप्रश्न गरेका थिए । उनले धरानमा यस्तो अवस्था आउनु आफ्नै घर आँगन सफा गर्न नसकेर,लाम खुट्टेको लार्भा फैलिएको भन्दै अब पव्लिक आफैंले नष्ट गर्न लाग्नु पर्ने मा जोड दिए । पत्रकार सम्मेलनमा मेयर साम्पाङले धरानमा डेङ्गु विरामीको उपचार र नियन्त्रणको लागि संघ र प्रदेशले आवश्यक परेजती जति सहयोग नगरेको गुनासो गरे । स्थानीय सरकारले केन्द्र र प्रदेश सरकारलाई लिखित पत्रचार नै गरेको भएपनि अहिले सम्म वेवास्ता गरेको मेयर साम्पाङको गुनासो छ ।
धरानमा डेङ्गुका बिरामी बढ्डै गएपनी डेङ्गुका विरामीको औषधी उपचारको लागि जन शक्ति र औषधीको पनि अभाव भएको स्वास्थ्य महाशाखा प्रमुख उमेश महेताले बताए । औषधी उपचारको निम्त स्वास्थ्यकर्मीको अभावसँगै औषधी पनि अभाव भएको छ, हामीकहाँ ७० जना जनशक्ति रहेका छौं र सक्रिय रुपमा ६५ जना स्वास्थ्यकर्मी दैनिक फिल्डमा खटिरहेको मेहताले बताए । डेङ्गु विरामकै कारण हाल सम्म २ जना विरामीको मात्रै मृत्यु भएको स्वास्थ्य मेहताको भनाइ छ । हाल सम्म ११ जना भनिएकोमा उनीहरुको मृत्यु अन्य रोगको कारण भएको स्वास्थ्य महाशाखा प्रमुख मेहताले जानकारी दिए ।