काठमाण्डौ उपत्यकाबाहिर पहिलो र देशकै दोस्रो अत्याधुनिक र सुविधा सम्पन्न यामाहा शोरुम धरान प्रवेशद्वार लाङ्घाली चौकमा खुलेको छ । शो रुम धरानका युवा व्यवसायी प्रभात खतिवडाले सुरु गरेका हुन । खतिवडाले २० वर्षको लागि जग्गा लिजमा लिएर यामाहाको ब्लु स्क्वायर सो रुम संचालनमा ल्याएको बताएका छन । उक्त्त अवसरमा अत्याधुनिक संरचना सहितको नेपालमा पहिलो पटक हाइब्रिड स्मार्ट मोटर जेनेरेटर सहितको रे जेड आर १२५ हाइब्रिड स्कुटर पनि लन्च गरिएको छ । उक्त स्कुटरको कार्यक्रमका प्रमुख अतिथी संघीय इकाई प्रहरी कार्यालय धरानका एसपी भीम दाहालले लन्च गरेका थिए ।

प्रमुख अतिथी दाहालले व्यवसाय संचालनको शुभकामना दिदैं आगामी दिनमा बजारको माग अनुसार ग्राहकको मागलाई पुरा गर्दै अघि बढ्नको लागि आग्रह गर्नु भएको छ । स्कुटरको मुल्य २ लाख ७९ हजार ९ सय रुपैयाँ छ । विजयपुर ट्रेडर्सका प्रवन्ध निर्देशक प्रभाव खतिवडाका अनुसार स्कुटर स्ट्यान्डर्ड, डिलक्स, प्रिमियम र प्रिमियम प्लस गरी ४ ट्रिममा उपलब्ध हुने छ । उहाँका अनुसार ‘रे जेड आर १२५ मा शक्तिशाली एयरकुल्ड, फ्युल इन्जेक्टेड ‘१२५ सीसी ब्लुकोर इन्जिन’ रहेको छ । धरानका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता विजयपुर ट्रेर्डसले असार १७ देखि २२ गते सम्म यामाहा एक्सचेन्ज अफरको मिति समेत तोकेको छ ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।