नेदरल्याण्डबाट आएका हस्पिटलिटी एक्स्पर्ट बेरेनड जन हेरिङ्गाद्वारा धरान मेघा हिमालयन कलेजमा एक महिने हस्पिटालिटी वर्कसप सुरु भएकोछ । ‘स्वीस कन्ट्याक्ट प्रोग्राम’ अन्तर्गत धरानस्थित मेघा हिमालयन कलेजमा एक महिने लामो हस्पिटालिटी वर्कसप सुरु भएको हो ।होटल म्यानेजमेन्ट र ट्राभल एण्ड टुरिजमको क्षेत्रमा अध्ययनरत विद्यार्थी र शिक्षक वर्कशपबाट लाभान्वित हुने कलेजको अपेक्षा रहेकोछ । ‘स्वीस कन्ट्याक्ट’ मार्फत विकासशील राष्ट्रहरुको शिक्षण सिकाइमा सहयोग गर्दै आएको परियोजना अन्तर्गत हस्पिटलिटी एक्स्पर्ट बेरेनड जन हेरिङ्गाले सहभागीलाई प्रशिक्षण गराइरहेका छन् ।
वर्कसपबारे जानकारी दिन बिहीबार कलेजले धरानमा आयोजना गरेको पत्रकार भेटघाटमा एक्स्पर्ट हेरिङ्गाले २५ वर्ष हस्पिटालिटी क्षेत्र र २७ वर्ष शिक्षण क्षेत्रमा अनुभव रहेको सुनाए ।’मानिसलाई नजिकबाट कसरी चिन्न सकिन्छ भनेर हस्पिटालिटी क्षेत्रमा प्रवेश गरेको हुँ,’ हेरिङ्गाले भने,’नेपालमा हिमालमात्र छैन, सुन्दरतामात्र छैन, यहाँ नेपालीहरुको स्वागत सत्कार, आतिथ्यता र मौलिक संस्कृति छ, त्यसमै गौरव गर्ने र उद्यमशीलताको खोजी गरिनुपर्छ ।’नेपालीले युरोपियन शैलीमा होइन, नेपालीको मौलिक शैली, खानपान र आतिथ्यता र सत्कारलाई प्रवर्धन गर्नुपर्ने हेरिङ्गाले धारणा राखे ।बुधबारदेखि धरान १२ चतरालाइनस्थित कलेजमा सुरु वर्कसपमा सैद्धान्तिक र प्रयोगात्मक सिकाइ भइरहेको छ ।
कलेजका एचएम कोर्डिनेटर पोषण श्रेष्ठका अनुसार हिजो हाइजिनिङ र ग्रुमिङका विषयमा क्लास भएको र ‘आज हस्पिटालिटी सेक्टर र यसबाट हुनसक्ने उद्यमशीलताको विषयमा वर्कशप भएको थियो । एक महिनासम्म सन्चालन हुने वर्कसपमा आतिथ्यता र सत्कारको क्षेत्रमा काम गरिरहेका धरानका सरोकारवाला र व्यवसायीहरुसमेत लाभान्वित हुने गरी प्रशिक्षक हेरिङ्गासँग साक्षात्कार गराउने कलेजका प्राचार्य भास्कर पौडेलले बताए ।नेपालीले प्रशिक्षक हेरिङ्गाले युरोपियन शैलीमा होइन, नेपालीको मौलिक शैली, खानपान र आतिथ्यता र सत्कारलाई प्रवर्धन गर्नुपर्ने बताएका थिए ।