ओखलढुङ्गाको गएराती गएको पहिरोमा परी एकै परिवारको ४ जनाको ज्यान गएकोछ । चम्पादेवी गाउँपालिका वडा नम्बर ८ गुरुङ बस्तीमा पहिरो जाँदा चार जनाको मृत्यु भएको छ भने २५ वटा भन्दा बढी घर बगाएको छ । बिहीबार राती ११ बजे गएको पहिरोमा परी २० भन्दा बढी चौपायासमेत बगाएको वडा नम्बर ८ का अध्यक्ष खड्गबहादुर राउतले जानकारी दिए । हिरोले चार जनाको निधन हुनुका साथै चौपाया र घर जग्गामा बढी क्षति पुराएको छ, स्थानीय स्तरमा उद्धारको प्रयास जारी रहेको छ । मृतक मध्ये ३८ वर्षीय बुवा रणबहादुर गुरुङ, २९ वर्षीया आमा शिवमाया गुरुङ र १८ महिनाको छोरी कविता गुरुङको शव निकालिएको छ भने १० वर्षीय छोरा दिनेश गुरुङको शव निकाल्ने प्रयास भई रहेको छ ।