केही दिन देखी बढेको अत्यधिक गर्मीका कारण धरान उअपमहानगरपालिका भित्रका बिधालयहरुलाई दिइएको सार्वजनिक बिदा पुन बढाइएकोछ । गत १८ गतेदेखी २४ गते सम्म दिइएको सार्वजनिक बिदा आज सकिए सङ्गै आज थपिएकोछ । हालसम्मपनी गर्मी नघटेको र उस्तै उखर्माउलो गर्मी भएको कारण पछी बर्से बिदामा मिलन गर्ने गरी दुइदिन थप अर्थात २५ र २६ गते बिदा थप गरिने उपमहानगरपालिकाले सार्वजनिक गरेको विज्ञप्तीमा उल्लेख गरिएकोछ । शिक्षा महाशाखाले धरानमा सामुदायिक र निजी विद्यालयलाई विदा थप गर्न भनेर पत्राचार समेत गरेको छ ।







सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।