कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर(RIT) समुहबाट खटिएको प्रहरी टोलीले अभद्र ब्यावहार मुद्दाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । अभद्र ब्यवाहार मुद्दामा मोरङ जिल्ला अदालतको २०७९|०८|२९ गतेको सजाय निर्धारण फैसला आदेशले १ महिना १२ दिन कैद बेरुजु रहि फरार रहेका बिराटनगर महानगरपालिका-४ मोरङका ५२ बर्षीय भुपाल न्यौपानेलाई खोजतलास गर्ने क्रममा गाउँघरमानै लुकिछीपि बसेको अवस्थामा फेला पारि पक्राउ गरेको हो । पक्राउ परेका उनलाई मोरङ जिल्ला अदालतमा दाखिला गरेकोमा तोकिएको कैद भुक्तानको लागि जिल्ला कारागार मोरङ पठाईएको प्रहरीले जनाएकोछ ।