धरान १५ स्थित सेउती बगरमा कुल ५३ लाख ८३ हजार १६२ रुपैया लागतमा १ लाख २३ हजार लिटर क्षमता भएको रिजर्ब ट्यांकी र फिल्टर निर्माण सम्पन्न भएकोछ । हर्क साम्पाङ सपोर्टर कमिटी युकेको रु ३१ लाख ३९ हजार ६३४ रुपैया, धरान उपमहानगरपालिकाबाट ६ लाख ६० हजार स्थानिय श्रमदान ११ लाख ७३ हजार ५२७ रुपैया बराबर र व्यवसायीहरुको सहयोगमा निर्माणको सम्पन्न भएको गोरखा वेल्फेयर धरानका प्रमुख पुर्ण लिम्बुले जानकारी दिए । ट्याांकी उद्घाटन समारोहमा १ लाख भन्दा बढी सहयोग गर्ने दातालाई ताम्रपत्र र ५० हजार बढी सहयोग गर्नेलाई कदर पत्र पनि प्रदान गरिएको थियो । गोर्खा वेल्फेयर अफिस धरानका प्रमुख पुर्ण लिम्बुका अनुसार हर्क साम्पाङ सपोर्ट कमिटीले निशाने ट्यांकी, धन्यवाद ट्यांकी र कोकाहा प्रोजेक्टलाईसमेत गरि १ करोड भन्दा बढी सहयोग गरिसकेको छ ।