सुनसरी इसाई समाजको अध्यक्षमा एलोहिम चर्च इनरुवाका पास्टर प्रताप लाल मुखिया चयन भएकाछन । धरान १२ स्थित न्यूलाईफ चर्चमा फागुन २१ गते आईतबारको भएको सुनसरी इसाई समाजको तेस्रो अधिवेशनबाट मुखियाको नेतृत्वमा १७ सदस्यीय नयाँ समिति गठन भएको छ । नवनिर्वाचित समितिमा अध्यक्ष पास्टर प्रतापलाल मुखिया , उपाध्यक्षमा पास्टर आरोन खनाल र सुर्य तामाङ , सचिवमा एल्डर गोबिन्द राई, कोषाध्यक्षमा पास्टर गोबिन्द खतिवडा , सह सचीव बिनोद के,सि, सदस्य पा. प्रेम राई , हर्क माया राई, सकुन्तला राई , मदन राई, पा चन्द्र सोताङ, सुस्मा चौधरी , पा महेन्द्र कुमाल , डि. बिष्णु राई र डि. प्रवेश पोख्रेल चयन भएका छन ।
कोसी प्रदेश इसाइ समाजका उपाध्यक्ष न्यु लाइफ चर्चका पास्टर मेहरमान ह्युज गिरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा , कोसी प्रदेश इसाइ समाज अध्यक्ष पा. बिक्रम वर्णबास एक्त्तेन , इसाई समाजका केन्द्रिय सचिव रेभ. कुवेर गुरुङ , एन.सि.एफ नेपालका केन्द्रिय कोषाध्यक्ष रेभ. जोसेफ राईले शुभकामना मन्त्व्य राखेका थिए । केन्द्रिय सचिव रेभ. कुवेर गुरुङले बाईबलिय सन्देशबाट समाजको आवश्यकता, औचित्य र बाईबलअनुसार समाजमा हाम्रो भूमिका को बारेमा प्रकाश पारे । एन.सि.एफ नेपालका केन्द्रीय कोषाध्यक्ष रेभ. जोसेफ राईले समाजमा ख्रीष्टको गवाही बन्नको लागि सम्पूर्ण इसाईहरु एक भएर अघि बढनुको बिकल्प नरहेको बताए । समाजिक मानिस भएकोले समाजमा रहेका हाम्रा समूदायमा आईपरेका समस्यामा मिलेर समाधान गर्न समाजको आश्यक पर्ने राइको भनाइ थियो । समाजमा भएको एकताको अभावलाई सुनसरी जिल्ला इसाई समाजले पुरा गर्दै सबै मण्डलीहरुलाई मिलाएर अघि बढने मा आफु विश्वाशत रहेको राइ ले बताए । कार्यक्रममा कोसी प्रदेशमा रहेका विभिन्न इसाई संघसंस्था साथै सुनसरी जिल्लामा रहेका नगर र इलाका इसाई समाजहरुका प्रतिनिधि तथा पर्यवेक्षकहरुको सहभागीता रहेको थियो ।