Monday, June 23, 2025
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

दशरथ पथ धरान -१५ मा सिसी क्यामेरा जडान

हंगामा खबर by हंगामा खबर
२०७९ फाल्गुन १ गते १५:५४ बजे प्रकाशित
in FEATURE, स्थानीय समाचार
0
दशरथ पथ धरान -१५ मा सिसी क्यामेरा जडान
126
SHARES
Share on FacebookShare on Twitter

धरान – १५ स्थित दशरथ पथ मा सिसी क्यामेरा तथा कन्भेक्स मिरर जडान गरिएको छ । दशरथ पथ टोल बिकास संस्था धरान – १५ को बिशेष पहल र स्थानीय उपभोक्त्ताहरुबाट आर्थिक संकलन गरेर रु ४ लाख बराबरको १२ वटा सिसी क्यामेरा र ३ वटा कन्भेक्स मिरर राखेर आज एक कार्यक्रम आयोजना गरी औपचारिक उदघाटन गरिएको दशरथ पथ टोल बिकास संस्थाका अध्यक्ष नबिन मेन्याङ्बोले जानकारी दिए । ९९ ओटा घर धुरी रहेको दशरथ पथमा प्रत्येक घरबाट आर्थिक संकलन गरिएको मेन्याङ्बोले जानकारी दिए । केही दिन अघी यस पथमा रहेको लाहुरे ट्रेनिङ सेन्टर , बिग फुटसल मा चोरी भएकोले असुराक्षाको महसुस गर्दै उपभोक्त्ताहरुको सल्लाहमा सिसी क्यमेरा जडान गरिएको मेन्याङ्बोले बताए ।

 

क्यामेराको मनिटरिङ्ग टोल बिकासको कार्यलयमा कम्प्युटर राखेर मनिटरिङ्ग गरेकोछ । सिसी क्यामेरा संगै सवारी दुर्घटना न्युनिकरणको लागी मितेरी फुटसल धरान ११ को सहयोगमा तीन ओटा कन्भेक्स मिरर पनि राखिएकोछ । कन्भेक्स मिरर , चिल्ड्रेन्स एकेडेमी छेउ , देवकोटा चौक र दशरथ पथ प्रबेश मार्गमा राखिएकोछ ।


धरान वडा नम्बर १५ का वडाध्यक्ष नरेश कुमार इवारमको प्रमुख आतिथ्यता सम्पन्न आजको कार्यक्रम मा दशरथ टोल बिकास संस्थाको कार्यालय समेत उदघाटन गरिएकोछ । उदघाटन प्रमुख अतिथी नरेश कुमार इवारम , धरान उपमहानगरपालिकाका प्रशासकिय अधिकृत गणेश प्रशाद खतिवडा , स्थानीय जनप्रतिनीधी , बिभिन्न पार्टीका नेताहरुले संयुक्त्त रुपमा गरेका थिए । उदघाटनपछी प्रमुख अतिथी इवारमले उपभोक्त्ताहरुको सकृयातामा यती ठुलो काम भएकोमा खुशी व्यक्त गरे । उनले धरानमा जनसहभागीमा बिकास हुने परम्परा भएको कुरा दशरथ पथबासीले प्रमाणित गरेको बताए ।

आजको कार्यक्रममा दशरथ पथ मा रहेका बिभिन्न संघ संस्था तथा व्यवसायीहरुलाई सम्मान गरिएको थियो । सम्मानित संस्था तथा व्यवसायीहरुमा बिग फुटसल, गोर्खा भर्ती केन्द्र , चिल्ड्रेन्स एकेडेमि, सम्याङ स्टोर , धरान किचन साथै सिसि क्यामेरा जडानका लागी १० हजार सम्म दिने उपभोक्ता दाताहरुलाई सम्मान गरिएको थियो ।

 

 

Previous Post

कृष्णप्रसाद भट्टराई स्मृति कराते प्रतियोगितामा पुलिस च्याम्पियन

Next Post

नियम नमाने भानुचोक छिर्न दिन्न – मेयर साम्पाङ (भिडियो सहित )

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

‘यो मन त मेरो नेपाली’ को प्रचार प्रसार गर्न अमेरिकाबाट   नेपाल आइन नायिका

‘यो मन त मेरो नेपाली’ को प्रचार प्रसार गर्न अमेरिकाबाट नेपाल आइन नायिका

by हंगामा खबर
२०८२ असार ७ गते २२:४२ बजे प्रकाशित
0

‘एस.ई.ई. स्पिकर” पब्लिक चोइस अवार्ड प्रतियोगिता बुढासुब्बा मन्दिरमा

‘एस.ई.ई. स्पिकर” पब्लिक चोइस अवार्ड प्रतियोगिता बुढासुब्बा मन्दिरमा

by हंगामा खबर
२०८२ असार ७ गते २२:०९ बजे प्रकाशित
0

हिट चलचित्र प्रेमगीतका निर्देशक र नायकको सहकार्य, अब दर्शकहरुले लवस्टोरी चलचित्र हेर्न पाउने

हिट चलचित्र प्रेमगीतका निर्देशक र नायकको सहकार्य, अब दर्शकहरुले लवस्टोरी चलचित्र हेर्न पाउने

by हंगामा खबर
२०८२ असार ४ गते १८:१२ बजे प्रकाशित
0

चलचित्र “यो मन त मेरो नेपाली हो ” को अमेरिकामा विशेष प्रदर्शन, दर्शकहरुद्धारा खुलेरै प्रसंसा

चलचित्र “यो मन त मेरो नेपाली हो ” को अमेरिकामा विशेष प्रदर्शन, दर्शकहरुद्धारा खुलेरै प्रसंसा

by हंगामा खबर
२०८२ असार ४ गते ०९:५७ बजे प्रकाशित
0

पाँचौं संस्करणको ‘मिस एसईई इटहरी-२०८२’ को उपाधी श्रेयसी भट्टराईलाई

पाँचौं संस्करणको ‘मिस एसईई इटहरी-२०८२’ को उपाधी श्रेयसी भट्टराईलाई

by हंगामा खबर
२०८२ असार १ गते २२:४३ बजे प्रकाशित
0

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© ................ Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© ................ Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
error: Content is protected !!

Add New Playlist