अगामी फागुन ८ गतेबाट धरानको मुख्य चौक भानुचौक प्रबेश गर्नलाई एकतर्फी बाटो हुने भएकोछ । आज बिहान धरानका मेयर हर्क साम्पाङले पत्रकारहरु सँग कुरा गर्दै सबै यातायात व्यबसायी , उपभोक्त्ता सबैलाई नियम अनुसार तय गरेको रुटमा पालन गर्न आग्रह गरेका छन । फागुन ८ गतेदेखि लागु हुन लागेको एकतर्फी (वान वे) प्रणालीलाई सहयोग गर्न अपिल गरेका हुन् । भानुचोक तथा बजार क्षेत्रको यातायात अस्तब्यस्ततालाई सहज बनाउन वान वे प्रणाली लागु गर्नलागेको साम्पाङले बताए । उनका अनुसार भानुचोकदेखि लक्ष्मी चोकसम्म सम्पुर्ण यातायातका साधनहरु उत्तर तर्फमात्र जान पाउनेछ ।
यस्तै, लक्ष्मीचोकदेखि भानुचोकतर्फ आउने सवारीहरु पृथ्वीचोक, सिंहदेवी, पुरानो बजार, माछाभौडी हुदै मात्र भानुचोकसम्म आउन पाउने पनि मेयर साम्पाङले बताए । यो प्लान ए हो यदी यो प्लान सक्सेस नभए प्लान बि सुरु गर्ने सुरु गर्ने साम्पाङले जनाए । उनका अनुसार यदी नियम उलङघन गरे ,धनकुटाबाट आउने गाडी धरान – १३ मा , चतरा बाराहक्षेत्र बाट आउने धरान १७ मा र दक्षिणबाट आउने लाई तिनकुने बसपार्कमै रोकेर भानुचौकमा प्रबेश गन्र नदिने बताए ।