झापाको बिर्तामोड स्थित मुख्य चौक मुक्ती चौकमा दर्जनौ अण्डा फुटाएर कारीब ३ सय वटा कुखुरा सडकमा फालिएकोछ । कुखुरापालनमा बिचौलिया हाबी भएको र राज्य मूकदर्शक बनेको भन्दै झापाका कुखुरापालक किसानले आन्दोलनस्वरूप सडकमा पाँच हजार अण्डा फुटाएर सडकमा फाले भने झन्डै तीन सय कुखुराहरु सडकमै छोडेका छन । दानाको मूल्य बढ्दै जाँदा पनि अन्डाको मूल्य बढ्न नसकेकाले विरोधस्वरूप सडकमा अन्डा र कुखुरा फालिएको दमकस्थित मेघा एग्रो प्रालिका सञ्चालक भरत चाैलागाईंले बताए।
किसान र उपभोक्त्ता दुबै मारमा परिरहेको बिचौलियाको चलखेल बढेकै कारण ‘किसानले आफ्नो व्यवसाय चलाउन नसक्ने भएकाले आन्दोलन गर्न परेको चौलागाइले बताए। बजारमा कुखुरा पाल्न चाहिने सबै सामानको मूल्य आकाशियो मूल्यले उत्पादन खर्च पनि धान्दैन,’ यस्तो अबश्थामा बिचौलियाको चलखेल बढीरहदा पनि सरकार मुक्दर्शक बनेको उनिहरुको आरोप छ । किसानले मूल्य नपाएका कारण राज्यले आफैँ अन्डा खरिद गरिदिनुपर्ने उनीहरूको माग छ।