यही माघ २५ गतेबाट धरानमा आयोजना हुन लागिरहेको प्रदेश १ स्तरीय पाचौं पुष्प व्यापार प्रदर्शनी को तयारी पुरा भएको छ । माघ २५ गतेबाट धरान स्थित पब्लिक हाइस्कुलको खेल मैदानमा माघ २५ गते देखि २९ गतेसम्म आयोजना हुन लागिरहेको प्रदेश १ स्तरीय पाचौं पुष्प व्यापार प्रदर्शनी को तयारी पुरा भएको आयोजक फ्लोरिकल्चर एसोसिएसन सुनसरीका सचिव राजेश राईले जानकरी दिए । राईका अनुसार मेलामा प्रदेशस्तरीय पुष्प व्यापार मेलामा ५ सय प्रजातिका फूल प्रदर्शनीमा राखिने तथा बिक्री गरिने भएको छ । मेलामा स्थानीय व्यवसायीका उत्पादनलाई प्राथमिकता दिने बताएको छ ।
धरानलाई फूलबारीको शहरको रूपमा विकास गर्ने नीतिलाई पनि प्रदर्शनीले सहयोग पुग्ने कार्यक्रम संयोजक फ्लोरिकल्चर एसोसिएसन सुनसरी अध्यक्ष खगेन्द्र पोखरेलले जानकारी दिए । उनका अनुसार प्रदर्शनीमा ५ सय भन्दा वढी प्रजातिका विरुवाहरु राखिने छ । मेलामा ५० हजार भन्दा बढीले प्रत्यक्ष र अप्रत्यक्ष अवलोकन गर्नुका साथै ७० लाख भन्दा वढीको व्यवसायिक कारोवार हुने आयोजकको अपेक्षा रहेकोछ ।प्रदेश नं १ कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलाले उदघाटन गर्ने कार्यक्रम तयभएको मेलामा अफिसियल एक, प्रतिस्पर्धाको एक र व्यावसायिक ४८ गरी जम्मा ५० वटा स्टल रहने पोखरेलले बताए । ती स्टलमा मौसमी,आलङ्करिक बोटबिरुवा, सुनाखरी, कम्पोष्ट, फूलको गानो, बिउबिजन, कृषि औजार, उपकरणलगायतको प्रदर्शनी तथा बिक्री गरिने बताइएको छ । मेलामा झापाको धरमपुर, काकडभिट्टाका नर्सरीले सहभागीता जनाएकाछन् भने इटहरी, तरहरा चतरा, र वाङ्गेका गरी ५० स्टल रहेकाछन् ।