माघ २५ गते देखी धरानमा सुरु भएको पाँचौं प्रदेश १ स्तरीय पुष्प प्रर्दशनी मेलामा धरानेहरु रमाउन थालेका छन । फ्लोरिकल्चर एशोसिएसन नेपाल सुनसरीले आयोजना गरेको पुष्प मेला बुधवारबाट धरान १२ स्थित पब्लिक हाइस्कुलको मैदानमा सुरु भएकोछ । फुलहरुको शहर भनेर चिनिने धरानलाई फुलहरुद्वारा अझ बढी प्रचार प्रसार गर्नको लागी बिगत ५ बर्ष देखी मेला आयोजना गर्दै आएको आयोजकले जनाएकोछ । मेलालाई प्रदेश नं १ का सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलाले उद्घाटन गरेका हुन । प्रमुख अतिथी सिटौलाले हामीले गर्ने पुष्प व्यवसायले अन्य देश सँग प्रतिस्पर्धा गर्न नसकेपनी हामीले हाम्रै माटोमा गुणस्तरीय र कम मुल्यमा उत्पादन गरेर स्थानीय बजारमा प्रभाव जमाउन सक्नु पर्ने बताए । केही योजना बनाएर मन्त्रालय आए सहयोग गर्न नि सदैव तयार रहेको मन्त्री सिटौलाली प्रत्तीबद्दत्ता जनाए ।
मेलामा खरिद विक्रीका लागि ५ सय भन्दा बढी प्रजातिका फूल प्रदर्शनीमा राखिएकोछ । मेलामा ४७ ओटा व्यावसायिक स्टल , एक ओटा सुचना र एक ओटा फूलका प्रतिस्पर्धात्मक प्रदर्शनी जम्मा ५० वटा स्टलहरु रहेकोछ । मौसमी, आलङ्कारिक बोटबिरुवा, सुनाखरी, कम्पोस्ट, फूलको गानो, बिउ बिजन, कृषि औजार, उपकरणलगायतको प्रदर्शनी तथा बिक्रीको लागी राखिएको मेला संयोजक राम कुमार राईले जानकारी दिए । माघ २९ गतेसम्म सञ्चालन हुने मेला ३५ हजारले अवलोकन गर्ने र करिब ५० लाख रुपैया बराबरको कारोबार हुने अपेक्षा आयोजकको रहेकोछ । शोसिएसनका अध्यक्ष खगेन्द्र पोखरेललेका अनुसार मेलाको मुख्य उद्देश्य स्वदेशी फुलको प्रर्वद्धन तथा बजारीकरण गर्ने रहेकोछ । मेला यही माघ २९ गते सम्म संचालन हुनेछ ।