प्रेस सेन्टर नेपाल, सुनसरी शाखाले प्रेस सेन्टरको १९ औ स्थापना दिवस मनाएकोछ । गत बर्षहरुमा पनि बिबिध कार्यक्रम गरेर स्थापना दिवस गरेर मनाउदै आएकोमा यस बर्षपनी धरानमा एक कार्यक्रम गरी मनाएकोछ । सेन्टरले आईतवार ९५ प्रतिशत भन्दा बढि सुकुम्बासी बस्तिका बिद्यार्थीहरु अध्ययनरत धरान-१६ स्थित पन्चायत आधारभुत बिद्यालय(भकारी स्कुल) का बिद्यार्थीहरुलाई शैक्षिक सामग्री बितरण संगै दिवा खाजा खुवाएर मनाएकोछ ।प्रेस सेन्टर नेपाल सुनसरी अध्यक्ष तिर्थ कार्कीको अध्यक्षता , सेन्टरका केन्द्रीय उप-महासचिव राजन केडिको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सेन्टरका केन्द्रीय सदस्य केशब घिमिरे, संचार बिज्ञ एबम बामपन्थी बिश्लेसक राजेन्द्र किराँती, नेपाल पत्रकार महासंघ सुनसरीका पुर्व अध्यक्ष , बरिष्ठ पत्रकार हर्ष सुब्बा लगायत अन्य अतिथीहरुद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामग्री बितरण गरिएको थियो ।
श्रमजीवी पत्रकारहरुको पक्षमा वकालत गर्दै आएको प्रेस सेन्टरले आफ्नो स्थापना दिवसमा देसभर विभिन्न रचनात्मक कार्यक्रमको आयोजना गरि मनाउदै आएको प्रमुख अतिथी केडिले बताए । उप-महानगरमा भएर पनि संचार माध्यम र सम्बन्धित निकायको ध्यान नपुगेको यस बिद्यलयलाई सहयोग गरेर स्थापना दिवस मनाउनु सहारनिय काम भएको बरिष्ठ पत्रकार हर्ष सुब्बाले बताए । त्यस्तै सेन्टरका केन्द्रीय सदस्य केशब घिमिरेले प्रेस सेन्टरको स्थापना दिवसमा यस बिद्यालयलाई शैक्षिक सामग्री सहयोग गरि बिद्यालयको दुरावस्थाको बारेमा सम्बन्धित सबै पक्षको ध्यानकर्षण गराउन यो कार्यक्रम गरिएको बताए। माओवादी केन्द्र धरानका अध्यक्ष एबम धरान-१७ का वडा अध्यक्ष सुर्य बहादुर (मनोज) भट्टराईले प्राय कतिपय सङ्गठनको बार्षिकोत्सब एउटा बन्द हलमा शुभ-कामना आदान प्रदान गरेर मनाउने हुदा प्रेस सेन्टरले बिद्यालयलाई सहयोग गरि फरक ढङ्गले स्थापना दिवस मनाउनु अन्यका लागि उदाहरणिय काम भएको बताए ।
बिद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद भट्टराईले उप-महानगरमा भएर पनि पन्चायत आधारभुत बिद्यालय बत्ती मुनिको अँध्यारो भएको बताए। बिद्यालयको अबस्था नाजुक भएकाले सन्चार माध्यम मार्फत यहाका समस्याहरु उजागर गरिदिन प्र.अ.भट्टराईले आग्रह गरे। ९५ प्रतिशत भन्दा बढी सुकुम्बासी बस्तिका बिद्यार्थीहरु अध्ययन गर्ने यस बिद्यालयमा अध्ययन गर्ने बिद्यार्थीहरुलाई सानो भए पनि शैक्षिक उन्नयनमा सहयोग पुगोस भन्ने उद्देश्यले शैक्षिक सामग्री बितरण गरेर स्थापना दिवस मनाएको सेन्टरका सुनसरी जिल्ला अध्यक्ष तिर्थ कार्कीले बताए ।
कार्यक्रममा सेन्टरका केन्द्रीय सदस्यद्वय अर्जुन शर्मा र श्रीसिसा राई, नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष जनक ऋषि राई, माओवादी केन्द्रका धरान नगर इन्चार्ज फोक्वाहाङ सुब्बा(चोत्लुङ), सेन्टरका १ न.प्रदेस समिती अनुशासन बिभागका सम्योजक गोबिन्द बस्नेतको उपस्थिती थियो।त्यस्तै समाजवादी प्रेस सङ्गठन १ न प्रदेसका सचिब एबम नेपाल पत्रकार महासङ्घ सुनसरीका सह-सचिव भोला श्रेष्ठ, सेन्टर प्रदेस समिती सदस्य सन्जय याखा, प्रेस युनियन धरानका अध्यक्ष मातृका नेपाल लगायतको उपस्थिती थियो।कार्यक्रममा सेन्टरका सुनसरी जिल्ला उपाध्यक्ष अनिता रसाईलीले स्वागत मन्तब्य राखिन। कार्यक्रमको सन्चालन सेन्टरका धरान उप-महानगर अध्यक्ष बिनोद बिश्वकर्माले गरे।