नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ प्रदेश १ को अध्यक्षमा बिशन शाक्य चयन भएकाछन । आईतवार धरान १५ स्थित हाेटल किचनको सभाहलमा आयोजित नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ प्रदेश १ को प्रथम अधिवेशनबाट सुनसरीका शाक्य सर्वसम्मत चयन भएका हुन । शाक्यको अध्यक्षतामा १४ सदस्यीय कार्यसमिति चयन भएकाछन । यसैगरी उपाध्यक्षमा पाचथरका राजेन्द्र विश्वकर्मा ,महासचिवमा सुनसरीका प्रेम बहादुर बिश्व्कर्मा ,सचिवमा सुनसरीकै गणेश कुमार विश्वकर्मा ,कोषअध्यक्षमा सुनसरीबाट दुर्गा बहादुर विश्वकर्मा र कार्यकारी सदस्यहरुमा सदस्य श्री टेक बहादुर याङदेन सुनसरी , गंगाराम शंकर ताप्लेजुङ् , श्री राम ब, बिश्वकर्मा झापा , शंकर ल्वागुन धनकुटा , रमेश घिमिरे तेह्रथुम , त्रिभुनाथ धिमिरे मोरङ , भीम बहादुर बिश्वकर्मा , एसाेसिएट सदस्यहरु नवीन मेन्याङबाे र राजन कुमार बिश्वकर्मा सुनसरी ,लाल बहादुर रहपाल पाचथर , बाल कुमार शंकर ( मनाेनित ) सुनसरी , प्रदिप गहतराज ( मनोनित सदस्य ) सुनसरी , श्री गणेश बिश्वकर्मा उदयपुर र महिला सदस्य प्रतिमा श्रेष्ठ चयन भएकाछन ।
महासङ्घका केन्द्रीय उपाध्यक्ष अमरनाथ गुप्ताको प्रमुख आतित्थ्यामा सम्पन्न अधिवेशनका अतिथी बक्त्ताहरुले सुन व्यवसायी हरुको समस्याबरे बोलेका थिए । कार्यक्रममा प्रमुख अतिथि अमरनाथ गुप्ता ,विशेष अतिथिहरू सचिब नीर कुमार बिश्वकर्मा, सुनसरी उधाेग बाणिज्य संधका अध्यक्ष श्री बिजय श्रेष्ठले सम्बोधन गरेका थिए । बक्त्ताहरुले कोरोनाको कारण सुन व्यवसायीहरु धेरै मारमा परेको भन्दै एक भएर जानुको बिकल्प नरहेको बताएका थिए । बजारले माग गरेको र आफ्नो क्षेत्रले पाएको कोटा अनुसार सुन नपाउदा व्यवसाय गर्न असहज भएको भन्दै नयाँ नेतृत्वले यो समस्यालाई समाधानको लागी पहल गर्नेमा आफुहरु विश्वस्त रहेको बताएका थिए । नयाँ समितीमा बिभिन्न जिल्लाका प्रतिनिधि भएपनी एक अर्कालाई परेको समस्यामा जसरी पनि एकजुट हुने प्रतिबद्दत्ता समेत जनाएका छन । कार्यक्रमलाई प्रदीप गहतराजले संचाल्न गरेका थिए । कार्यक्रममा १ नं प्रदेश अन्तर्गतका सुनचाँदी ब्यावसायीहरूकाे बाक्लो उपस्थित रहेको थियो ।