धरानमा तीन महिने सिरिजङगा याक्थुङ लिपी प्रशिक्षण सुरु भएकोछ । याक्थुङ चुम्लुङ केन्द्रिय समिती धरान को आयोजनामा माघ १४ गते शनिबारबाट सुरुभएकोछ प्रशिक्षण तीन महिना सम्म चल्ने याक्थुङ चुम्लुङ केन्द्रिय महासचिव अमृत लिम्बुले जानकारी दिए । शनिवार धरान १३ स्थित जनजागृती सामुदायिक भवनमा चुम्लुङ का केन्द्रिय अध्यक्ष भक्त लिम्बुको प्रमुख आतिथ्यमा औपचारिक उदघाटन सँगै सहभागी बिधार्थीहरुलाई सिरिजङगा लिपीको पुस्तक र स्टेशनरी बितरण गरिएकोछ । प्रशिक्षणमा जम्मा ४० जना बिधार्थीहरुको सहभागीता रहेकोछ । प्रशिक्षण साप्ताहिक रुपमा हरेक शनिबार बिहान ८ बजेदेखी १० बजे सम्मा हुनेछ । लिपिको प्रशिक्षण महासचिव अमृत लिम्बु र सह कोषअध्यक्ष प्रताप बिक्रम लिम्बुले गर्नेछन । लिम्बुजातीहरुको भाषाभएपनी सिक्नको लागी अन्य जातीहरुको पनि सहभागीता रहेको महासचिव अमृत लिम्बुले जानकारी दिए ।
करिब ३ लाख लिम्बुजातीहरुको बसोबास रहेको प्रदेश १ मा प्रदेश सरकारले मैथिली र लिम्बु भाषालाई सरकारी कार्यालयमा कामकाजको भाषाको रुपमा प्रस्ताव गरेसङै लिम्बु भाषा लिपी सिकेर भोलिका दिनमा लिम्बु जातीलाई मात्र नभएर अन्य जातीलाई पनि सहज होस् भन्ने हेतुले लिपी प्रशिक्षणको आयोजना गरिएको अध्यक्ष भक्त लिम्बुले जानकारी दिए । लिपी जानी राखे प्रदेश १ लोकसेवा लगायत अन्य सरकारी कामकाजमा धेरै उपयोगी हुने लिम्बुको दावी छ । प्रदेश १ सरकारले सिरिजङ्गा लिपिलाई सरकारी भाषामा प्रस्ताव् गरेपनी स्कुल कलेजमा भने पाठ्यपुस्तकमा समाबेश नहुँदा सिक्नबाट बन्चित भएको अध्यक्ष लिम्बुले गुनासो गरे । उनले धरानका केही बिधालयमा प्रशिक्षण भएपनी ,बिधार्थी अभावकै कारण पठन्पठन हुन नसकेको बताए । उनका अनुसार हाल पाचथर को ३२ वटा बिधालयमा अहिले सिरिजङगा लिपी प्रशिक्षण भईरहेकोछ ।