Wednesday, April 22, 2026
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

संचारकर्मी कार्की र आङ्ला सम्मानित

हंगामा खबर by हंगामा खबर
२०७९ माघ १३ गते ०८:४३ बजे प्रकाशित
in FEATURE, स्थानीय समाचार
0
संचारकर्मी कार्की र आङ्ला सम्मानित
57
SHARES
Share on FacebookShare on Twitter

 

धरान-१४ स्थित आईडियल इङ्लिस बोर्डिङ स्कुलले बुधबार एक कार्यक्रमको आयोजना गरि राष्ट्रीय सेवा दल(एन.सि.सि.) जुनियर डिभिजन ४८ औ ब्याचको तालिम सम्पन्न गरेका बिद्यार्थीहरुलाई सम्मान गरेको छ।गत पुष-४ गते राष्ट्रीय सेवा दल पुर्बी तालिम शिक्षालय याङशिला, मोरङमा सम्पन्न भएको तालिममा सहभागी बिद्यार्थीहरुलाई प्रमाण-पत्र प्रदान गरियो।त्यस्तै तालिम अबधिभर विभिन्न बिधामा उत्कृष्ट भएका छात्र-छात्राहरुलाई मेडल र प्रमाण-पत्र प्रदान गरियो।आईडियल बोर्डिङका बिद्यार्थीले एन.सि.सि.नेपाल जुनियर डिभिजन बेष्ट प्लाटुन, कल्चरल शो अन्तर्गत सन्थाल जातिको सतार नृत्यमा प्रथम, छात्र तर्फ फुटबलमा प्रथमको उपाधि जितेका थिए। त्यस्तै एन.सि.सि.को तालिममा सहभागी ५ सय ३६ बिद्यार्थीहरु मध्ये आईडियल बोर्डिङका पीयूष राई उत्कृष्ट क्याडेट घोषित भए। तालिममा प्रदेस नम्बर-१ भरिका सहभागी १५ बिद्यालय मध्ये आईडियल बोर्डिङ स्कुल उत्कृष्ट घोषित भएको थियो। याङ्सिलामा भएको एन.सि.सि.तालिममा आईडियलका ३६ जना बिद्यार्थीहरु सहभागी भएका थिए।

ADVERTISEMENT

यसैगरी धरान उप-महानगरपालिकाको १ सय २२ औ धरान स्थापना दिवसको अवसरमा आयोजित नगर स्तरिय लोकनृत्य प्रतियोगीतामा आईडियल स्कुल तेश्रो भएको थियो।त्यस्तै नगर स्तरिय निबन्ध लेखन प्रतियोगितामा पनि तेश्रो भएको थियो। तालिममा सहभागी र अन्य विभिन्न बिधामा उत्कृष्ट बिद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथी धरान उप-महानगरपालिका वडा नम्बर -१४ का वडा अध्यक्ष कृष्ण प्रसाद भट्टराई, बिशेष अतिथी पत्रकार भैरब आङ्ला, अभिभावक डा.सागर सुवेदी, स्कुलका निर्देसक सागर खड्का लगायतले पुरस्कार, मेडल र प्रमाण-पत्र बितरण गरे।

प्रमुख अतिथी भट्टराईले आइडियल स्कुलले गुणस्तरिय शिक्षा प्रदान गर्नुका साथै अतिरिक्त क्रीयाकलापका विभिन्न बिधामा उत्कृष्ट पुरस्कार जितेर १४ नम्बर वडाको नाम राखेको भन्दै प्रसम्सा गरे।वडाको एउटै सिफारिसमा गरिब तथा जेहेन्दार बिद्यार्थीलाई छात्रबृत्ती प्रदान गरेर बिद्यालयले सामाजीक दायित्य पूरा गरेको भन्दै वडा अध्यक्ष भट्टराईले स्कुलमा चाडै वडाको तर्फबाट शुद्ध पिउने पानीका लागि फिल्टरको ब्यबस्था गरिदिने घोषणा गरे। कार्यक्रममा विशेष अतिथि भैरब आङ्ला र अभिभावकका तर्फबाट डा.सागर सुबेदीले मन्तब्य राखे। कार्यक्रम स्कुलका निर्देसक सागर खड्काको अध्यक्षतामा भएको थियो। भाईस प्रीन्सिपल मनोज गुरुङले स्वागत मन्तब्य राखेको कार्यक्रमको सन्चालन शिक्षक कमल राना मगरले गरे।


यसै बीच सन्चारक्षेत्र मार्फत समाजलाई योगदान पुर्याएको भन्दै बिद्यालयले सन्चारकर्मी भैरब आङ्ला र तिर्थ कार्कीलाई सम्मान गरेको छ।
स्कुलका डाईरेक्टर सागर खड्काले सन्चारकर्मिद्वयलाई अबिर, खदा र सम्मान पत्रले सम्मान गरे। इमान्दारीता र निष्ठापुर्बक लामो समयदेखी आफ्नो पेशामा निरन्तर रुपमा लागिरहेका सन्चारकर्मिलाई सम्मान गर्न पाउँदा खुशी लागेको स्कुलका निर्देसक खड्काले बताए। सम्मानित भए पछि मन्तब्य राख्दै पत्रकार आङ्लाले यो सम्मानले समाज र राष्ट्र प्रती अझ जिम्मेवारीका साथ आफ्नो पेशामा लाग्न उत्प्रेरित गरेको बताए। आङ्ला हाल बिजयपुर एफ.एम., कपुरी न्युज डट कम, एबिसी टेलिभिजन लगायतका सन्चार माध्यममा आबद्ध रहेका छन।त्यस्तै कार्की दन्तकाली एफ.एम., हाम्रोकोशी आवाज डट.कम., फक्ताङ्लुङ खबर डट कम, बागी न्युज डट.कम.लगायतमा आबद्ध रहेका छन।

Previous Post

‘ह्यारी कि प्यारी’ को दोस्रो गीतमा मुन्द्रे र साम्राज्ञीको प्रेम

Next Post

‘२.० छड्के’ , भ्यागुता कराउने दिन फागुन १९

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

चलचित्र ‘मालती मंगले’ को टिम इटहरीमा आउदै, रामकृष्ण ढकालले प्रस्तुती दिने

चलचित्र ‘मालती मंगले’ को टिम इटहरीमा आउदै, रामकृष्ण ढकालले प्रस्तुती दिने

by हंगामा खबर
२०८३ बैशाख ८ गते १५:४५ बजे प्रकाशित
0

चलचित्र ‘मालती मंगले’को नयाँ गीतमा विजय र वर्षा किन नाचेनन ?

चलचित्र ‘मालती मंगले’को नयाँ गीतमा विजय र वर्षा किन नाचेनन ?

by हंगामा खबर
२०८३ बैशाख ७ गते १८:०६ बजे प्रकाशित
0

चलचित्र ‘लालीबजार’ को ट्रेलरमा ‘वादी’ महिलाहरुको कुुुप्रथा विरुद्धमा स्वस्तिमा खडका

चलचित्र ‘लालीबजार’ को ट्रेलरमा ‘वादी’ महिलाहरुको कुुुप्रथा विरुद्धमा स्वस्तिमा खडका

by हंगामा खबर
२०८३ बैशाख ७ गते १७:२९ बजे प्रकाशित
0

चलचित्र ‘परालको आगो’ को ट्रेलर सार्वजनिक, नेपाली समाजको वास्तविकता प्रस्तुत

चलचित्र ‘परालको आगो’ को ट्रेलर सार्वजनिक, नेपाली समाजको वास्तविकता प्रस्तुत

by हंगामा खबर
२०८३ बैशाख ३ गते १६:५० बजे प्रकाशित
0

लालीबजार’ ले सामाजिक विषयमा सोच्न बाध्य बनाउनेमा विश्वस्त छु’ : निर्देशक थापा

लालीबजार’ ले सामाजिक विषयमा सोच्न बाध्य बनाउनेमा विश्वस्त छु’ : निर्देशक थापा

by हंगामा खबर
२०८३ बैशाख २ गते १६:५३ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद विश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

 

 

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist