मेगास्टार अनमोल केसीको मुख्य भूमिका रहेको ग्याङस्टार फिल्म ‘२.० छड्के’ को टिजर रिलिज भएकोछ । निगम श्रेष्ठको लेखन तथा निर्देशनमा बनेको फिल्ममा अनमोलसँगै रोविन तामाङ, कमलमणि नेपाल, देवकुमार श्रेष्ठ, सिर्जना सुब्बा, रेशा आले मगर, सन्तोष मिजार, इफान अली, निगम श्रेष्ठ, चिरञ्जिवी अधिकारीलगायत कलाकारको अभिनय रहेको ‘२.० छड्के’ ले ग्याङस्टार बन्ने होडको कथा बोल्छ । टिजरमा मनाङको स्याउदेखि यार्सागुम्बा व्यापारमा हक जमाउन खोज्ने सानाठूला ग्याङबीच द्वन्द्वलाई गज्जबले प्रस्तुत गरिएकोछ । अनमोललाई ‘मेनडग’ पात्रको भूमिकामा ‘ग्रिन ग्याङ’को नाइकेको रुपमा प्रस्तुत गरिएकोछ ।
मेधा प्रोडक्सन र निर्भाना फिल्म स्कुलले सहकार्य गरेको फिल्मका निर्मातामा प्रशान्त गिरी र देवकुमार श्रेष्ठ हुन । राज कुमार उप्रेतीको द्वन्द्व निर्देशन रहेको फिल्ममा मस्को सिंह र राजेन्द्र सापकोटाको छायांकन, रवि चौधरी र लोकेश बज्रचार्यको सम्पादन, कपिल पराजुलीको रंग संयोजन, मनोज श्रेष्ठको भिएफएक्स रहेको छ । फिल्म यही फाल्गुन १९ गते अल नेपाल रिलिज हुँदैछ ।