यही माघ २० गतेबाट वर्ल्ड वाइज रिलिज को तयारीमा रहेको चलचित्र ‘ह्यारी कि प्यारी’ को दोस्रो गीत रिलिज भएकोछ । OSR डिजिटलको युट्युब च्यानल बाट रिलिज भएको ‘मिठो मिठो’ बोलको गीतमा चलचित्रका मुख्य कलाकारहरुद्वय मुन्द्रे र र साम्राज्ञीको प्रेम अंकुराएकोछ । युग भुषालको संगीत तथा निर्देशक डा. कपिल रिजालको शब्द रहेको गीतमा सौरव दास र देवाञ्जली वी जोशीको स्वर छ ।
बि.आर. प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्म ‘ह्यारी कि प्यारी’को पोस्ट प्रोडक्सन मुम्बईको ‘प्राइम फोकस स्टुडियो’मा भएको हो । फिल्मलाई डा.भोला रिजालका छोरा कपिल रिजालले निर्देशन गरेका हुन् । सुदिप बराल, गिरिराज घिमिरे, डाक्टर रिजाल र अभिमन्यू निरवीको पटकथा/संवाद रहेको फिल्ममा जितु र साम्राज्ञीका अलावा विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रन्जना भट्टराई, समिक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनाल लगायतका कलाकारहरुको पनि अभिनय छ । फिल्मलाई बिभिन्न भाषामा एक साथ प्रदर्शनमा प्रदर्शन गर्ने निर्माण टीमको तयारी रहेकोछ । फिल्म हिन्दीसंगै पन्जाबी, मराठी, बंगाली , तमिल र तेलेगु भाषामा पनि प्रदर्शन गरिने निर्माण टीमले जनाएकोछ । फिल्म आउँदो माघ २० गतेबाट देशभर प्रदर्शन हुदैछ ।