ब्रदर्स बेकरी धरान छैटौ बर्षमा प्रबेश गरेकोछ । आफ्नो स्थापनाको छैटौ बर्षमा प्रबेशगरे संगै बेकरीले मंगलवार एक कार्यक्रम गरी छैटौं बार्षिक उत्सब मनाएकोछ । सो अवसरमा बेकरीले धरान १७ पटनाली स्थित ज्वालामुखी माध्यामिक बिध्यालयमा अध्यनरत बिपन्न परिवारको नानीहरुलाई बिधालय प्राङगणमा एक कार्यक्रमगरी न्यानो कपडा ट्रयाक शुट र अन्य शैक्षिक सामग्रीहरु बितरण गरेको छ । बेकरीले २५ परिवारको बिद्यार्थीहरुलाई न्यानो कपडा ट्र्याक सुट , शैक्षिक सामग्रीहरु कापी पेन्सिल लगायत प्रदान गरेकोछ । बितरण कार्यक्रममा बेकरी संचालकद्वय एन.सी.राई र बिरेन्द्र थापालाई मुख्य अतिथी रहेका थिए । कार्यक्रममा अतिथिहरु वडा नम्बर-१७ का पुर्ब जनप्रतिनिधी सुबास बर्देवा, बर्तमान वडा सदस्य मनिस बिष्ट बिधालय संचालक समिति सदस्य दिपिका बिक, तारा राई र कृष्ण प्रसाद लिम्बु सह प्रधान अध्यापक भक्त बिलास पोखरेलले शुभकामना मन्तव्य राखेका थिए ।
६ बर्ष अघी धरानमा स्थापना भएको ब्रदर्स बेकरीले व्यवसायबाट आएको मुनाफाको केही प्रतिशत समाज सेवामै खर्च गरिरहेकोछ ।
बेकरीले आफ्नो स्थापना कालदेखीनै आफ्नो ब्यवसायलाई समाज सँग जोड्दै आएको छ । समाजमा रहेको हरेक जेष्ठ नागरिकहरुलाई निशुल्क बर्ड-डे केकहरु बितरण गर्दै आएको थियो भने आफ्नो हरेक महिला ग्राहकहरुलाई निशुल्क सेफ्टी प्याडहरु पनि बितरण गर्दै आइरहेको बेकरीका संचालक एन.सी.राईले जानकारी दिए । बिक्रम सम्बत २०३६ सालमा स्थापना भएको यस बिधालयमा हाल ४०० सय बिद्यार्थीहरु अध्यनरत रहेको कार्यक्रमका सभापति , बिधालय ब्यवस्थापन समितिको अध्यक्ष श्री भरत बहादुर खत्रीले जानकारी दिए ।