व्यक्तिगत र पारिवारिक कारणले आँफैलाई पेट्रोल छर्किएर आगो लगाएका ईलामका प्रेमप्रसाद आचार्यको अवस्था चिन्ताजनक रहेकोछ । काठमाडौंस्थित संघीय संसद् भवन अगाडि आत्मदाह गर्ने प्रयास गरेका पुरुषले व्यक्तिगत र पारिवारिक कारणले घटना गराएको प्रहरीले प्रारम्भीक निस्कर्ष निकालेको छ । आचार्यको तत्कालै उद्धार गरी कीर्तिपुरस्थित बर्नअस्पतालमा आईसीयूमा उपचार भईरहेकोछ । उनको शरीरको ८० प्रतिशतभन्दा बढी भाग जलेको अस्पतालका प्लाष्टिक सर्जरी विभाग प्रमुख डा. किरण नकर्मीले बताए । उच्च प्रहरी स्रोतका अनुसार घाइते आचार्यका दाई पर्ने एकजना संसद् सचिवालयमै कार्यरत छन् । आचार्यको स्वास्थ अवस्था बुझ्न स्वास्थ्य राज्यमन्त्री डा. तोषिमा कार्की कीर्तिपुर अस्पतालमा पुगेकी थिइन । राज्यमन्री कार्कीले उपचारमा कुनै कसुर नराख्न अस्पताललाई निर्देशन दिएकिछिन ।