धरान । “जनै हराएको बाहुन” नाम राखेको निर्माण थालिएको चलचित्रको नाम परिवर्तन भएर अब “जनै हराएको मान्छे” सम्बन्धका धागोहरु राखिएको छ । हिन्दु धर्मसँग सम्बन्धित केही व्यक्ति तथा संस्थाले नाममा चासो देखाएपछि विवादमा फस्न नचाहेकाले बाहुनको ठाउँमा मान्छे राखिएको निर्माणपक्षले जनाएको छ ।
पोस्टर सेयर गर्दै चलचित्रका मुख्य अभिनेता विजय बरालले लेखेका छन्, ‘तपाईंहरुकै सल्लाह सुझावबाट हामीले नाम परिवर्तन गरेका छौं ।’भदौ ६ गते रिलिज हुने यस चलचित्रको नाम परिवर्तन गर्दै निर्माणपक्षले मुख्य पात्रको क्यारेक्टर पोस्टर पनि सार्वजनिक गरेको छ । पोस्टरमा मुख्य पात्र विजय बराल छन् ।रातो सटमा दुईवटा झोला बोकेर घरबाट निस्किन लागेको जस्तो देखिन्छ । आमाले रातो टीका लगाइदिएर घरबाट निस्किने
बेलामा आर्शिवाद दिएको जस्तो निर्माणपक्षले विजयलाई एउटा ट्याग पनि दिएको छ । विजयलाई निर्माणपक्षले ‘एपिक नेचुरल स्टार’को ट्याग दिएको हो ।हिमाल न्यौपानेले निर्देशन गरेको चलचित्रमा बरालसँगै केकी अधिकारी, मिरुना मगर, भोलाराज सापकोटा लगायत कलाकारको मुख्य भूमिका रहेको छ ।चलचित्रको छायांकन काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेमा गरिएको थियो ।