पुरानो चलचित्र ‘माइतीघर’ को टाइटल सापटी लिएर निर्माण थालिएको चलचित्र ‘माइतीघर’ को टाइटल गीत पनि चलचित्रमा समावेश गर्दै छायांकन सुरुगरिएको छ । गीतको छायांकनको लागी मात्र ४ दिन छुट्याइएको चलचित्रका निर्माता रोहित अधिकारी जानकारी दिए । चलचित्रमा समाबेश भएको गीत बसन्त नै बस्न खोज्छ बोलको गीतलाई अहिले निर्माण भाईरहेको चलचित्र ‘माइतिघर’ मा समाबेश गरेर बाग्लुङको कालिका मन्दिर मा छायांकन सुरु गरिएको छ । यो भन्दा अगाडी किरण खरेलको शव्द, जयदेवको संगीत र भारतीय सुप्रसीद्द गायिका आशा भोस्ले को स्वर रहेकोमा अब भने स्वरमा भारतीय चर्चित गायिका सन्जीवनीले स्वर दिएकी छिन ।
प्राभेट ब्यानरमा निर्माण भएको तेस्रो चलचित्र ‘माइतिघर’ सन १९६६ मा निर्माण भएको थियो । चलचित्रलाई बि ईशा थापाले निर्देशन गरेकथिए । नेपाली मूलका बलिउड अभिनेत्री माला सिन्हाले माइतीघरमा चिदम्बर प्रसाद लोहनीसँगै मुख्य भूमिका निर्वाह गरेकी थिइन्, जसलाई उनले पछि विवाह गरिन्। यसमा सुनील दत्त र हास्य कलाकार राजेन्द्र नाथको विशेष उपस्थिति थियो। अन्य कलाकारहरू यादव खरेल, टीका भूषण दाहाल, यमबहादुर खड्का, सुनिता रेग्मी, यदु कुमारी, प्रतिभा साम, जनदर्शन साम, गोपी कृष्ण, के.बी. लामिछाने, केशव राणा, बी.एस. थापा र सोहन थिए। माइतीघर निर्माणमा नन्द किशोर तिमिल्सिनाको भूमिका महत्वपूर्ण थियो। डा. योगेन्द्र झा र जनरल नारा शमशेर यसका निर्माता थिए थिए।
हाल निर्माण भैरहेको सोही नामको चलचित्र ‘माइतीघर’ का निर्माता भने रोहित अधिकारी रहेकाछन । चलचित्र समावेश भएको गीतको कोरियोग्राफी चर्चित कोरियोग्राफर कमल राइले कोरियोग्राफी गरिरहेकाछन । चलचित्रको गीतलाई पुरानै स्वाद पस्किनको लागीपनी नेपाली टिपिकल भेसभुसामा सजिएर कलाकार द्वय उपसना सिंह ठकुरी र श्यामा श्री शेर्पाले गज्जव प्रस्तुती दिइरहेकाछन । चलचित्रलाई मिलन तामाङले निर्देशन् गरेकाछन । चलचित्रमा अहिलेका चर्चित कलाकारहरु धीरज मगर,उपसना सिंह ठकुरी, प्रकाश सपुत, केदार घिमिरे माग्ने बुढा लगायतको मुख्य भुमीका रहेको छ् । चलचित्र यही दसैंको फुलपातीबाट प्रदर्शनमा आउँदैछ ।