धरान १२ स्थित प्राइम भिजन इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट कलेजले तीन दिने दोस्रो फुडफेस्टिवल आयोजना गर्ने भएको छ । फेस्टिवल यही जेठ २९ देखी ३१ गते सम्म आयोजना हुने आयोजक प्राइम भिजन कलेजले बुधवार पत्रकार सम्मेलनमा आयोजना गरी जानकारी दिएको छ । फेस्टिवल कलेजकै परिसरमा हुने निर्देशक अनिल श्रेष्ठले जानकारी दिए ।
बिभिन्न खानाका परिकारहरु र जानकारी दिने स्टल सहित ९ वटा स्टलहरू रहने फेस्टिवलमा फेस्टिवलकै सबैभन्दा सस्तो खाना रु १०० भन्दा कम मुल्यमा पाइने निर्देशक श्रेष्ठले जानकारी दिए । त केही पेय पदार्थहरुको मुल्य भने तलमाथी हुन सक्ने बताइएको छ ।
फेस्टिवलमा विद्यार्थीहरूले तयार गरेका नेपाली तथा अन्तर्राष्ट्रिय परिकारहरू, रमाइला खेलहरू,पेय पदार्थहरू प्रस्तुत गरिने र सोही दिन दुई वटा छात्रवृत्ति पनि घोषणा गरिने कोर्डिनेटर दुर्गा सुवेदीले जानकारी दिए । उनका अनुसार श्रमजीवी पत्रकारका २ जना सन्तानलाई ‘पत्रकार सन्तान कल्याण छात्रवृत्ति’ र श्रमिकका छोराछोरीलाई ५० प्रतिशत छात्रवृत्ति प्रदान गरिने योजना रहेकोछ । आगामी शैक्षिक सत्रदेखि एडभान्स डिग्री इन कम्प्युटर आइटी युकेको एडेक्सेल मान्यता प्राप्त र स्कटल्यान्डको एसक्युए द्वारा मान्यता प्राप्त डिग्री इन कम्प्युटर प्रोग्राम शैक्षिक कार्यक्रम सुरु गर्न लागेको सुवेदीले जानकारी दिए ।