Wednesday, December 3, 2025
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

चलचित्र ‘अन्जिला’ को धरानमा ग्राण्ड प्रिमियर हेर्ने चलचित्रकर्मी र खेलाडीहरुको रुवावासी

यही फागुन २९ गतेबाट देशव्यापी प्रदर्शनमा आउनलागेको चलचित्र 'अन्जिला' को धरानमा ग्राण्ड प्रिमियर सम्पन्न भएको छ ।

हंगामा खबर by हंगामा खबर
२०८१ फाल्गुन २३ गते २३:१४ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
चलचित्र ‘अन्जिला’ को धरानमा ग्राण्ड प्रिमियर हेर्ने चलचित्रकर्मी र खेलाडीहरुको रुवावासी
373
SHARES
Share on FacebookShare on Twitter

यही फागुन २९ गतेबाट देशव्यापी प्रदर्शनमा आउनलागेको चलचित्र ‘अन्जिला’ को धरानमा ग्राण्ड प्रिमियर सम्पन्न भएको छ । शुक्रबार धरान स्थित फ्रेण्ड्स सिनेमाजमा आयोजित रेड कार्पेट प्रिमियरमा चलचित्रकर्मी,खेलाडी र स्थानिय व्यवसायीहरुको बाक्लो उपस्थिती थियो । हङकङ र बेलायतको एल्डरसटस्थित एम्पायर हलमा ग्राण्ड प्रिमियर भैसकेपछी नेपालमै पहिलो पटक धरानमा ग्राण्ड प्रिमियर गरिएको हो । ग्राण्ड प्रिमियरको लागी भव्य सजावट , रेड कार्पेट ओछ्याएर तयारी गरेपनी चलचित्रको मुख्य अभिनेत्री अन्जिला तुम्बापो लिम्बु र अन्य मुख्य कलाकारहरुको उपस्थिती हुन नसके पनि कलाकार प्रकाश सुब्बा र बालकलाकार नमिक्षा मगरको भने उपस्थिती थियो ।

नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बाप्पोको जीवनमा आधारित अन्जिला हेर्ने दर्शकले खुब रुचाए । चलचित्र हेरिरहेका दर्शकहरु हल भित्र रोइरहेको दृश्यले चलचित्रले दर्शकहरुको मन जितेको अनुमान लगाउन सकिन्छ ।
प्रिमियरमा मोफसलका चलचित्रकर्मी हरुको बाक्लो उपस्थिती थियो । चलचित्रकर्मीहरुले अन्जिलाको अभिनयको खुलेर तारिफ गरे, निर्देशक मिलन चाम्सको निर्देशनमा बनेका धेरै मध्ये अन्जिला धेरै उत्कृष्ट रहेको प्रतिकृया दिए । धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङ अन्जिला आफुले सोचेभन्दा नि निकै राम्रो फेन्टास्टिक रहेको जनाए ।

ADVERTISEMENT

उनले चलचित्रमा देखाइएको जस्तै नेपाली खेलाडीहरु को संर्घष रहेकोले चलचित्रले फुटबललाई निकै कनेक्ट गरेको बताए ।युवा पुस्ताका दर्शकहरुले भने चलचित्रहेर्दा आफुले आफ्नो परिवार र आफुलाइनै राखेर हेरेकोहुँदा निकै कनेक्ट भएको र अब अन्जिला हेर्न आउँदा रुमाल बोकेर आउने समेत बताए । चलचित्रकी बाल कलाकार नमिक्षा मगरले आफुले चलचित्र हेरिरहदा अन्जिला दिदीको संर्घष दु:ख देखेर आफु रुएको सुनाइन ।

प्रिमियरमा निर्माता तथा कलाकार प्रेम कुमार श्रेष्ठ, सह-निर्माता विनोद अग्रवाल, राजेश बगडिया र निर्देशक मिलन चाम्सको उपस्थिती थियो । निर्देशक र निर्माताहरुले दर्शकहरुको राम्रो प्रतिकृया पाएपछी एकअर्काको प्रशंसा गरे । अन्जिलाको सफलतामा दर्शकहरुले ताली पड्काएर , धेरै मन पराइदिनु भएकोले आफुलाई हर्षको आसु आएको निर्माता श्रेष्ठले बताए । दर्शक रुदा निर्माण टिम हास्नु पर्ने क्षेत्र चलचित्र भएपनी आज आफु पनि रुएको निर्देशक चाम्सले बताए । यस अघी हङकङ, युके र कोरियामा पनि धेरै दर्शकहरुले चलचित्रलाई रुचाएको हुनाले अब सबै नेपाली दर्शकहरुले चलचित्रलाई मन पराउनेमा आफु ढुक्क रहेको निर्माता श्रेष्ठले बताए ।

मिलन चाम्सको निर्देशकीय हिसाबमा यो तेस्रो बायोपिक हो चलचित्र हो । यस अघी ब्लाइड रक्स , बबी निर्देशन गरिसकेकाछन । तुलनात्मक रुपमा अन्जिला चाम्सको अन्य चलचित्रहरु भन्दा निकै उत्कृष्ट बारेको छ । चलचित्रको पहिलो भाग निकै गज्जब लाग्छ । दयाहाङ राइ र बिजय बरालको जोडीले गज्जब मनोरन्जन दिन्छ । पहिलो हाफको तुलनामा दोस्रो हाफ अन्जिलाको खेल जीवनको मात्र देखाइएको ले खेल खेल क्षेत्रको चासो नहुने दर्शकलाई अलिक अल्छि लाग्न सक्छ तर पहिलो हाफको कथालाई सम्झिने हो भने दोस्रो हाफको केही अल्छिपनी स्वत: हराउछ । यदी चलचित्र हेर्ने आम दर्शकले चलचित्रको पात्रलाई आफु सम्झेर हेर्ने हो भने धर धरी आशु नझर्नेमा कुनै संका छैन ।

चलचित्रको प्रमुख अभिनेत्री अन्जिला तुम्बापो एञ्जिलाकै जन्मथलो इलामको आइतबारे, झापा र काठमाडौंमा छायांकन गरिएको चलचित्र ‘अन्जिला’ ले अन्जिलाको बाल्यकालदेखि खेल जीवनसम्मको संघर्ष र सफलताको कथा पेश गर्नेछ । जसले इच्छाशक्ति भए असम्भव केही छैन भन्ने सन्देश दिने प्रयास गरेको जानकारी निर्माण टिमले दिएको छ ।चलचित्रमा अन्जिला संगै दयाहाङ राई, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ बिजय बराल लगायतका कलाकारको अभिनय रहेको छ ।

निर्माता प्रेम कुमार श्रेष्ठले पनि सिनेमामा मुख्य भूमिका निर्वाह गरेका छन् ।मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा प्रेम श्रेष्ठले निर्माण गरेका हुन् । विनोद अग्रवाल र राजेश बगडिया सह–निर्माता हुन् । सिनेमामा सुदीप बरालको डिओपी, मिलन श्रेष्ठको सम्पादन रहेको छ । चलचित्रको छायाङ्कन एञ्जिलाको जन्मथलो इलामको आइतबारे, झापा, र काठमाडौँमा गरिएको छ । चलचित्रको छायाङ्कन सुदीप बरालले गरेका छन् भने सम्पादन मिलन श्रेष्ठले गरेका छन् । मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा निर्मित यस चलचित्रका निर्माता प्रेम कुमार श्रेष्ठ हुन्, भने टुबेन्द्र लिम्बु, विनोद अग्रवाल र राजेश बगडिया सह-निर्माता हुन् । चलचित्र यही फागुन २९ गते देशभरका सिनेमा हलमा प्रदर्शनमा आउँदैछ ।

Previous Post

मध्यरातमा धरानमा गाँजा तस्करहरूद्वारा प्रहरीमाथि आक्रमण प्रयास, प्रहरीद्वारा गोली चलाइयो

Next Post

चलचित्र ‘पिताम्बर’ निर्माण टिमद्वारा प्रदीपको जन्मदिनमा स्पेशल उपहार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

चलचित्र ‘कुमारी’ को अफिसियल गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक

चलचित्र ‘कुमारी’ को अफिसियल गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक

by हंगामा खबर
२०८२ मंसिर १६ गते ०८:२६ बजे प्रकाशित
0

सर्टमुभी ‘कुमाक्ला फाक’ का निर्देशक मेन्याङवोलाई उत्कृष्ट निर्देशनको अवार्ड

सर्टमुभी ‘कुमाक्ला फाक’ का निर्देशक मेन्याङवोलाई उत्कृष्ट निर्देशनको अवार्ड

by हंगामा खबर
२०८२ मंसिर १२ गते ०९:१० बजे प्रकाशित
0

चलचित्र ‘ऊनको स्वीटर’को सिक्किमको राजधानी गान्तोकमा भव्य प्रिमियर सम्पन्न

चलचित्र ‘ऊनको स्वीटर’को सिक्किमको राजधानी गान्तोकमा भव्य प्रिमियर सम्पन्न

by हंगामा खबर
२०८२ मंसिर ५ गते १४:२४ बजे प्रकाशित
0

‘मन बिनाको धन’ को दुईहप्ते ग्रस कलेक्सन तीन करोड माथि, दलित आयोगद्धारा धन्यवाद ज्ञापन

‘मन बिनाको धन’ को दुईहप्ते ग्रस कलेक्सन तीन करोड माथि, दलित आयोगद्धारा धन्यवाद ज्ञापन

by हंगामा खबर
२०८२ मंसिर ४ गते १३:४७ बजे प्रकाशित
0

निर्माता संघले नयाँ कार्यसमिती पायो, समितीमा महिला सदस्य भने शुन्य

निर्माता संघले नयाँ कार्यसमिती पायो, समितीमा महिला सदस्य भने शुन्य

by हंगामा खबर
२०८२ मंसिर २ गते १६:२२ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist