स्टार प्रदीप खडकाको जन्मदिनमा उनी अभिनित चलचित्र ‘पिताम्बर’ निर्माण टिमले स्पेशल उपहार दिएको छ । निर्माण टिमले टिजरमा प्रदीपको एक्सन स्टन्टलाई प्राथमिकता दिँदै उनका दृश्यहरूलाई मात्र समेटेर दोस्रो टिजर सार्वजनिक गरेको हो । टिजरमा प्रदीपको एक्शन सिन हरु समाबेश गरेको छ । स्टार हरुले भरिएको चलचित्र पिताम्वर केपी फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मस्को ब्यानरमा निर्माण गरेको हो ।चलचित्र यही चैत्र २९ गतेबाट प्रदर्शनमा आउँदैछ ।
चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रवीन्द्र झा, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्य देव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव विष्ट, आशिष पुरुष, ललित विष्ट, किशोर भट्ट, विनोदकुमार पौडेल, नारायण काफ्ले र रवीन्द्र भट्टराईको अभिनय छ ।प्रदीप भारद्वाज र अभिमन्यु निरवीको पटकथा तथा संवाद रहेको चलचित्रको छायाङ्कन पुरुषोत्तम प्रधान, शेरबहादुर लामा र मानकृष्ण महर्जनले गरेका छन् ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।