यही असोज ३ गतेबाट रिलिजको तयारीमा रहेको प्रतिक्षित चलचित्र ‘खुस्मा’ को पहिलो गीत रिलिज भएको छ । राम अविरल विष्टको शब्द, एस डी योगीको संगीतमा रहेको ‘खुशीका पल बटुलेर’ बोलको गीतमा एस डी र विज्ञानी पराजुलीको स्वर रहेको छ । केन्द्र मोशन पिक्चर्सको अफिसियल युट्युब च्यानलबाट आज रिलिज भएको गीतमा कोरियोग्राफी सुरेन्द्र राईको रहेको छ । चलचित्रको करिब ७० प्रतिशत हिस्सा रुकुम पूर्वको मैकोट र आसपासमा छायांकन गरिएको ‘खुस्मा’ मा रुकुम पूर्वको सुन्दर भूगोल, मौलिक भाषा, कला, संस्कृति र अर्गानिक जीवनशैलीलाई प्रस्तुत गरिएको छ । ‘
द कोरियन ड्रिम’ नामक लघु चलचित्रको निर्देशन तथा चलचित्र ‘निरफूल’ को सहनिर्माताका रूपमा काम गरेका ‘खुस्मा’ का निर्देशक अशोक थापाको डेब्यु चलचित्र रहेको ‘खुस्मा’ को पोस्टर रिलिज देखिनै चर्चा चुलिएको छ र प्रतिक्षित पनि बन्दै गएको छ । आज रिलिज भएको गीतमा शीर्ष कलाकार धिरज मगर तथा उपसना सिंह ठकुरीको प्रेमाभाव लाई गज्जबले देखाइएको छ ।एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको सिनेमाका निर्मातामा विर बहादुर लामा, चन्द्र बहादुर भट्टचन र बेतान मगर छन्, भने सह–निर्मातामा मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी हुन् ।मोहन राई कार्यकारी निर्माता रहेको सिनेमामा दिपक बज्राचार्यको छायांकन रहेको छ ।धिरज र उपासनाका अलावा सिनेमामा माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायतका कलाकारको अभिनय रहेको छ ।