नेपाली चलचित्र बजार निकै सानो छ, अझ भनौ नेपाली चलचित्र हेर्ने दर्शकहरु झनै कम देखिन्छन । यती सानो बजारमा यो श्रावण महिनामा आधा दर्जन नेपाली चलचित्रहरु रिलिज हुँदै छन । यि ६ चलचित्रहरु मध्ये तीन वटा भने रि रिलिज हुँदैछन अर्थात पहिले नै रिलिज भैसकेका चलचित्रहरु हुन । पहिलो पटक प्रदर्शन हुने चलचित्रहरुमा एक निर्देशकको दुई चलचित्र छन । निर्देशक राजु गिरीको दुई चलचित्रहरु ईश्वर् र नम्बरी सुन रिलिज हुँदैछन । ईश्वर यही श्रावण ५ गते रिलीज हुँदैछ भने नम्बरी सुन श्रावण २५ गते रिलिज हुँदैछ । यसैगरी यो महिना अरु ४ वटा चलचित्रहरुपनी रिलिज हुँदैछन ।
साउन १८ गते दुई चलचित्र ‘मोदीबेनी’ र १८ मै ‘शिरफूल’ रि–रिलिजको तयारीमा छन । साउन २५ मा फिल्म ‘नालापानी’ रि–रिलिज हुँदै छ भने श्रावण ३२ देखि चलचित्र ‘बुलाकी’ पनि रि– रिलिज हुँदै छ । लक्ष्मण सुनारको निर्देशन रहेको बुलाकीमा सुरक्षा पन्त, नरेन खड्का र विराज विष्टको मुख्य अभिनय छ। यसमा कर्णाली भेगको जारी प्रथाको कथावस्तु उठान छ।
पारिवारिक कथामा बनेको ‘ईश्वर’ फिल्ममा पृथ्वीराज प्रसाईं र अनु शाह मुख्य भूमिकामा छन्। साथमा ध्रुव थापा, क्रिष्टी गुरूङ, सुनील थापा, सबिन बास्तोला, माओत्से गुरूङ, बुद्धि तामाङ, रवीन्द्र झा, शिशिर बाङ्देल लगायतको अभिनय छ। शंकर कोइरालाको निर्देशनमा बनेको ‘मोदीबेनी’ मा वर्षा शिवाकोटी र अमरप्रताप श्रेष्ठ मुख्य भूमिकामा छन्। साथमा सरोज खनाल, प्रविण खतिवडा, रेजिना उप्रेती, दिलीप केसी, स्नेहा भट्टराई, जीवन भट्टराई, हिउँवाला गौतम, कमलमणि नेपाल, सुब्रतराज आचार्य लगायतको अभिनय छ।
रि–रिलिजको तयारीमा रहेको ‘शिरफूल’ मा रूपा राना, राज थापा, देवराज आले मगर, विनिता थापा मगर, सुनिल रोका, नमिता तामाङ, पुजा गदाल, लिला गुरूङ, निता पुन, किरण मगरलगायतको अभिनय छ। अभिनेत्री मरिष्का पोखरेल विशेष भूमिकामा छिन्। ‘नम्बरी सुन’ मा गौरव पहारी, सरोज खनाल, नम्रता सापकोटा, विनोद न्यौपाने, बुद्धि तामाङ, राजाराम पौडेल, किरण नेपाली, राजेन्द्र खड्गी, सविन बाँस्तोला, गीता अधिकारी, नारायण खाती, अस्मिता न्यौपाने, राजेन्द्र गिरी, कंगना गिरी लगायतको अभिनय छ। रि–रिलिजको तयारीमा रहेको ‘नालापानी’मा अर्जुनजंग शाही, सन्तोष पन्त, देशभक्त खनाल, पूजना प्रधान, मनोज शाक्य लगायतको अभिनय छ।