नेकपा एमाले देशभर ७ वटा अर्थात सातै प्रदेशमा एक एक वटा फिल्म सिटी निर्माण गर्ने भएकोछ । डिजिटल रुपमा आज मंगलबार सार्वजनिक गरिएको चुनावी घोषणापत्रमा कला र फिल्म क्षेत्रलाई पनि सम्बोधन गर्दै यस्तो उल्लेख गरेकोछ । आज सार्वजनिक चुनावी घोषणा पत्रमा नेपाली फिल्मको प्रवर्द्धन, विकास र विस्तार गरिने र सम्भावनाका आधारमा सबै प्रदेशमा फिल्म सिटी निर्माण गर्ने उल्लेख गरेकोछ । कलाकर्मी, स्रष्टा र साहित्यकारको हकहित संरक्षण गरिने र उनीहरुको थप क्षमता प्रष्फुटनका लागि आवश्यक वातावरण बनाइने पनि घोषणापत्रमा उल्लेख गरिएकोछ ।