देशव्यापी रुपमा हाउसफुलका साथ प्रदर्शन भैरहेको चलचित्र ‘महापुरुष’ हेर्ने दर्शकको भिड दिनानुदिन बढीरहेकोछ । आज धरान स्थीत फ्रेण्ड्स सिनेमामा ‘महापुरुष’हेर्ने दर्शकको भिडमा ७५ वर्षीय एक आमा भक्कानिएर नाम भन्न बताउन सकिन्न तर फिल्म धेरै राम्रो लागेको बताउनु भयो । आफ्नो भाई बुहारी अनी भदैनि सँग हलमा आउनु भएकी आमाले आफ्नो भाईको धेरै माया लागेको बताइन् । आफुहरुलाई मह जोडीको फ्यान बताउने पाका उमेरका एक दिदी बहिनी रियलमा मह जोडी हेर्न नपाएपनी मह जोडीलाई हेर्न फिल्म हेर्न आएको मह मात्र फिल्म नै झनै राम्रो रहेको बताउदै ‘महापुरुष’ सबैलाई हेर्न आग्रह समेत । फिल्म हेरिरहेका दर्शकले हलमै हुटिङ गरिरहेका थिए कि कलाकार आउन पर्यो भन्दै नारानै लगाइ रहेका थिए । यहाँ सम्मकी हरी बा र अरुण क्षेत्री आईलव यु भनी चिच्याइ रहेका थिए ।
फिल्म छुटेर बाहिर अचम्मको दृश्य देखियो । चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष , निर्माता तथा निर्देशक अरुण कुमार प्रधान आफ्नो बाबा सम्झी दाई रोइरहेका थिए । फिल्मको बारेमा बुझ्न पत्रकारहरु उनि लगायत अन्य दर्शकको छेउमा पुग्दा आफ्नो कुरा राख्दै बाबा सम्झेर रुएका थिए । घर घरमा यस्तो सत्य घटना भएपनी चलचित्रको पर्दामा पहिलो पटक आएको प्रधानको दावी छ । उता चलचित्रकर्मी महासंघ प्रदेश १ का कार्य समिती सदस्य तथा कलाकार रितेश जङ खत्री पनि यो फिल्मको जस्तै आफ्नो परिवारको कथा भएको सुनाए । यही फिल्म को कथा जस्तै श्रीमती बितेर परिवार र नानीहरुको अनुरोध आफुले दोस्रो बिहे गरेको कुरा प्रोफेशर तथा कलाकार बिशाल श्रेष्ठले सुनाए । फाइट को सिन अनी बनावटी कथा हेर्दा हेर्दा वाक्क भएको भन्दै यस्तै आर्गनिक कथा भएको फिल्म हेर्न पाएकोमा दर्शकले निर्माण टिमलाई धन्यवाद दिए ।
छोराको बिहे गर्ने समयमा बुढ्यौली पिताको अंकुराएको प्रेम र बिहे गर्ने निर्णयपछि आउने उतार-चढावमा फिल्म केन्द्रित रहेको छ । फिल्ममा मदनकृष्ण श्रेष्ठ, रविन्द्र सिंह बानियाँ, अन्जना बराइली, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्यलगायतको पनि अभिनय छ ।