सुनसरीको धरान ११ बाट प्रहरीले लागुऔषध सहित १ जना पक्राउ गरेको छ । हिजो राती साढे ७ बजे बिशेष सुचनाको आधारमा १ नम्वर प्रदेश प्रहरी कार्यालय बिराटनगर (RIT) र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान-११ का ४६ बर्षीय बिरु भुजेललाई स्पासपेन १७१६ ट्याबलेट, ट्रामोल २७७५ क्याप्सुल, स्पास्मो प्रोक्सिभन प्लस ६७५ क्याप्सुल, नाईट्रोसन २७ ट्याबलेट, एक्सकाफ डिएक्स १९ बोतल लागुऔषध तथा नियन्त्रिय औषधी र नगद १ लाख ६ हजार रुपैया सहित उनकै घरबाट पक्राउ गरेको हो ।पक्राउ परेका भुजेलको थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएकोछ ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।