आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशले आयोजना गर्ने ‘कोशी चलचित्र महोत्सव -२०८१’ यही जेठ ६ गतेबाट ११ गतेसम्म हुने भएको छ । मन्त्रालयको संचार बिभागले आयोजना गर्ने चलचित्र महोत्सव मंत्रालयको स्वीकृत बार्षिक कार्यक्रम अनुसार गर्न लागिएको र सम्पूर्ण तयारी पुरा भएको बिहीवार मन्त्रालयमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ । ‘चलचित्र महोत्सव २०८१ को लागी कोशी प्रदेशका चलचित्रकर्मीहरुले निर्माण निर्देशन र अभिनय गरेको जम्मा ४४ वटा चलचित्र प्रर्दशन गरिने महोत्सव संयोजक चलचित्रकर्मी महासंघ कोशी प्रदेशका अध्यक्ष अरुण कुमार प्रधानले जानकारी दिए । सम्पूर्ण चलचित्रहरु दर्शकहरुले निशुल्क हेर्न पाउनेछन । चलचित्रहरु सहभागी गराउन मन्त्रालयले बिज्ञप्ती निकालेर चलचित्रकर्मीहरुलाई आह्वान समेत गरेको थियो सोही अनुसार चलचित्रहरु दर्ता भएर प्रदर्शनको लागी तयार गरिएको हो । चलचित्रहरु बिर्तामोड , इटहरी , बिराटनगर, इनरुवा र झुम्कामा हुनेछ । महोत्सव को उद्द्घाटन झापाको बिर्तामोडमा हुनेछ भने बाकी सम्पूर्ण कार्यक्रम हरु बिराटनगरमा हुने आन्तरिक तथा कानुन मन्त्रालयका प्रवक्ता कमल थापाले जानकारी जानकारी दिएकाछन ।
महोत्सवमा चलचित्र आव्हानको लागि आवेदन खुले पनि जेठ ६ गते महोत्सव हुने निर्णयको मिति तय नया मुख्य मन्त्री ज्यु आउनु भए पछि जेठ १ गते नै भएको प्रधानले स्पस्ट पारे । सोही दिन सुचना पाएर आफुहरुले जेठ २ गते देखि नै सक्रिय भएर लागेका र माघ २६ गते चलचित्र महोत्सव गर्ने भनेर नेपाल चलचित्रकर्मी महासंघले प्रस्तावना पेश गरेकै कार्यक्रममा केही फेरबदल अनि नेपाल चलचित्रकर्मी संघ, झापाले पेश गरेको प्रस्तावनाको कार्यक्रममा केही फेरबदलको आधारमा नै निवर्तमान राज्य मन्त्री चलचित्र महोत्सवका तत्कालिन संयोजक माननीय सुनिता गुरुङको रहोबरमा निर्माण भएको समितिको बैठकको निर्णय बमोजिम नै महोत्सव आयोजना हुन लागेको प्रधानको भनाइ छ । राजनैतिक उतार चढावको कारणले महोत्सव होला कि नहोला भन्ने दोधारमा हुँदाहुँदै पनि नव नियुक्त मुख्य मन्त्री माननीय हिकमत कुमार कार्कीको सकारात्मक सोचकै कारण यो महोत्सव जेठ ६ गते हुने निस्चित भएको उनको भनाइ छ ।
तोकिएको उक्त मितिमा महोत्सव नगरेर अर्को मितिमा सार्दा फेरि महोत्सव हुने नहुने कुराको अलमल हुने देखेर हामीले चुनौतीकै बाबजुद जेठ ६ गते महोत्सव गर्ने निर्णय भएको प्रधानको भनाइ छ । महोत्सवको आयोजक आन्तरिक मामिला तथा कानुन मन्त्रालयनै रहने गरि नेपाल चलचित्रकर्मी महासंघ, प्रदेश १ ले बिराटनगरमा हुने कार्यक्रम र समापनको व्यवस्थापन हेर्ने गरी र नेपाल चलचित्रकर्मी संघ, झापाले बिर्तामोडमा हुने कार्यक्रम र उदघाटन समारोहको व्यवस्थापन हेर्नेगरी मन्त्रालयले जिम्मेवारी प्रदान गरेको छ । यस कार्यक्रमको आर्थिक कारोवार सम्पुर्ण कानुनी प्रक्रिया पूरागरी मन्त्रालय स्वयं आफैले नै गर्ने प्रधानको भनाइ छ । आफ्नो संस्था एउटा स्वंसेवकको रुपमा मात्र कार्य गर्ने भएकैले मन्त्रालय बाट कुनै पनि पेश्की रकम प्रदान नभएको उनको भनाइ छ ।