पछील्लो समय धेरै रुचाइएको जोडी अनी सफल जोडी दयाहाङ राई र मिरुना मगरको जोडीलाई पुन एकपटक चलचित्र घरज्वाइमा देखिएको छ । पुर्वी रुकुमको तकसेरा लगायत रमणिय स्थानमा छायांकन गरिएको मगर समुदायको परम्परा र संस्कृतिलाई मुख्य बिषयबस्तु बनाएर निर्माण गरिएको ‘घर ज्वाँई’ को टिजर रिलिज भएको छ । पछील्लो समय निकै डिमाण्डेड जोडीको रुपमा उदायका दया र मिरुनाको जोडीलाई रुकुमको तक्सेरा गाउको एक शिक्षक दया र एक्ली छोरी मिरुनालाई टिजरमा देख्न सकिन्छ । टिजरले गाउका एक शिक्षकका रुपमा दयालाई देख्न सकिन्छ ।
लाहुरे भन्दा अरु गतिलो जागिर हुँदैन भन्ने सोच अझै पनि पश्चिममा पाउन सकिन्छ । यही कुरालाई फिल्ममा देखाइएको छ । शिक्षक हुँदा मनपरेको केटी मिरुना नपाउने स्थितीमा पुगेका दयालाई घर ज्वाँई बस्नु पर्ने बाधय्ता आइपर्छ, यिनै कथा वरीपरी घुमेको घर ज्वाँईमा निर्देशक अनिल बुढाले दया र मिरुनाको जोडीलाई गज्जबले प्रस्तुत गरेकाछन ।फिल्मको कथा निर्देशक अनिल आफैले लेखेका हुन् भने पटकथा र संवाद लेखनमा उनलाई विनोद खतिवडा र सुभाष कोइरालाले साथ दिएका छन्।
युवा निर्माता जनक घर्ती मगरले निर्माण गरेको फिल्म ‘घर ज्वाँईमा दयाहाङ र मिरूनासहित बुद्धि तामाङ, पुष्कर गुरूङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगर लगायतले फिल्ममा अभिनय गरेका छन्। जि.एम मुभिज प्रोडक्सन प्रालिको ब्यानरमा निर्माण भएको फिल्ममा सुसन प्रजापतिको छायाङ्कन, हर्क साउद/मनोज थापाको गीत संगीत, रामजी लामिछाने कोरियोग्राफर हुन् । यस बर्षकै प्रतिक्षित फिल्मको लिस्टमा रहेको घर ज्वाँई यही असार २८ गतेबाट प्रदर्शनमा आउँदैछ ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।