Tuesday, July 15, 2025
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

‘फर्की फर्की’ को लागी दिलोज्यानले प्रचारमा अनमोल, भन्छन फिल्मले गज्जब व्यापार गर्नेछ

सर्वाधिक महङ्गो रकम लिएर फिल्म साइन गर्दै आएका मेगास्टार अनामोल केसी प्राय सिनेमा प्रचारमा खासै देखिदैनन ।

हंगामा खबर by हंगामा खबर
२०८१ बैशाख २८ गते २१:४६ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
‘फर्की फर्की’ को लागी दिलोज्यानले प्रचारमा अनमोल, भन्छन  फिल्मले गज्जब व्यापार गर्नेछ
42
SHARES
Share on FacebookShare on Twitter

सर्वाधिक महङ्गो रकम लिएर फिल्म साइन गर्दै आएका मेगास्टार अनामोल केसी प्राय सिनेमा प्रचारमा खासै देखिदैनन । तर यही १० गते प्रदर्शनमा आउन लागेको प्रतिक्षित चलचित्र ‘फर्की फर्की’ को प्रचारप्रसारमा भने अनमोल दिलोज्यानले लागेका छन । प्रेस मीटमा पनि कमै देखिने गरेका अनमोल फर्की फर्की का लागी भने प्रेस मीट अन्तर्वाता लगयत प्रचार प्रसारमा जहाँ पनि पुग्ने गरेका छन । उनी यतिबेला फिल्म ‘फर्की फर्की’ को प्रमोसनमा व्यस्त छन् । दर्शकमाझ रोमान्टिक हिरोको छवि बनाएका अनमोल त्यही छविलाई लिएर दर्शकमाझ आउँदैछन् । अनमोल ‘फर्की फर्की’ प्रति आशावादी छन् । झण्डै एक वर्षपछि दर्शकमाझ आउन लागेका उनी दर्शकको माया पाउनेमा आफू विश्वस्त छन् । ‘कलाकारको दायित्व भनेको फिल्म रिलिज नहुन्जेलसम्म मेहनत गर्ने हो, फिल्म चलेपछि कस्तो होला वा नहोला भन्ने आशा राख्नु दर्शकको हातको कुरा हो’, उनी भन्छन् ।

मेहनत अनुसारको फल पाइने वा नपाइने त्यो सबै दर्शकको हातमा हुने उनको बुझाई छ । ‘हामीले जति मेहनत गरे पनि कहिलेकाँही मेहनतको फल पाइन्छ, कहिले पाइँदैन पनि । म अहिलेसम्म मेरा फिल्म सुपरहिट हुँदा न धेरै मात्तिएको छु, न त आत्तिएको नै’, अनमोल भन्छन् ।अनमोलको अनुभवमा उनका लागि ‘फर्की फर्की’ मानसिक रुपमा चुनौतिपूर्ण नै थियो । किनकी उनले गत वर्ष मानसिक रुपमा कमजोर पनि थिए । ‘मेरो शक्तिलाई पुनः बाहिर ल्याउनका लागि मानसिक दबाबका बाबजुद पनि फर्की फर्कीमा काम गर्नु ठूलो चुनौती थियो । त्यहीकारण धेरै प्रोजेक्टमध्ये मैले फर्की फर्की नै छानें’ उनी भन्छन् ।फिल्मको ट्रेलरमा अनमोलले आफूलाई ‘भगवान’ भनेको देखाइएको छ । उनले फिल्मको संवादमा आफू भगवान भने पनि आफूलाई चाहिँ भगवान नमान्ने गरेको बताए । ‘जो मान्छेले समयलाई नियन्त्रण गर्न र अघिपछिको जीवनलाई परितर्वन गर्न सक्छ, त्यो सन्दर्भमा आफूले आफूलाई जहिल्यै पनि भगवान महशुस गर्ने हो । यो रामायण वा महाभारतको जस्तो भगवान जस्तो होइन ।

फिल्मको पात्रले ऊ भगवान हो भन्ने चिजमा विश्वास गर्छ’, अनमोल भन्छन्, ‘जब कसैलाई आफूलाई महान अनुभव हुन्छ कि यो दुनियाँ नै मेरो कब्जामा छ । उसले जब मैले जे गरे पनि सही हो, म गलत हुन सक्दैन अनुभव गर्छ, तब नै आफूले आफूलाई भगवानको महशुस गर्छ । फिल्मको स्क्रिप्टमा भगवान भन्ने कुरा आए पनि फिल्ममा म्याडीको समयमा उसको संघर्षदेखि उसको गलत समय, सही समय, परिवारसँग र साथीभाईसँगको सम्बन्धको कुरा देखाइएको छ । फिल्मले मास अडियन्सले नै रिलेट गर्न सक्छ ।’
अनमोल दर्शकले आफूलाई अघिल्ला फिल्ममा भन्दा ‘फर्की फर्की’मा केही फरक रुपमा देख्न पाउने बताउँछन् । ‘जुन बेला अभिनयको ‘अ’ पनि थाहा थिएन, त्यो समयमा मैले ‘होस्टेल’, ‘जेरी’, ‘ड्रिम्स’ मा अभिनय गरें । यी फिल्मलाई दर्शकले मनपराउनुभयो । अहिले कलाकारका रुपमा समय, अनुभव र दक्षताले पनि धेरै कुरा सिक्ने मौका पाएको छु । यी फिल्ममा भन्दा ‘फर्की फर्की’मा अझ बेटर एक्टर देख्न सक्नुहुनेछ । प्रेमकथा मनपराउनेलाई ‘फर्की फर्कीमा प्रेमकथा नै छ । मेरो प्रेमकथा हेरेर दिक्क लागेका दर्शकलाई ट्राभलको कथा पनि छ’, उनी भन्छन् ।

आफूलाई अरुले आलोचना गर्दा त्यो आलोचनामा अनमोलको बुझाई फरक रहेछ । ‘बाहिरको भुस्याहा कुकुरले टोकेको भन्दा घरभित्र आफूले पालेको कुकुरले टोक्दा झन मन दुख्छ । त्यही भएर बाहिरको मान्छेले कुरा काट्दा मलाई खासै फरक पर्दैन । तर मेरो घर, परिवार, साथीहरुले विश्वास गरेनन् भने चाहिँ मन दुख्छ । बाहिरको आलोचनाले खासै फरक पार्दैन,’ उनी भन्छन् ।
अभिनेत्री जसिता गुरुङसँग अनमोल पहिलोपटक यो फिल्ममा स्क्रिन शेयर गर्दैछन् । उनका लागि जसितासँगको सहकार्य सहयोग रहेछ । दर्शकले राम्रो जोडीका रुपमा आफूहरुलाई चित्रण गरेको अनमोलको बुझाई रहेछ । फिल्मका निर्देशक सुयोग गुरुङसँग उनको सहकार्य अनुभव राम्रो रहेछ । आफ्ना सुरुदेखिको फिल्म नयाँ निर्देशकसँगको सहकार्यले सुपरहिट भएकाले ‘फर्की फर्की’मा पनि त्यो आशा अनमोलमा जीवित नै रहेछ । ‘नयाँ निर्देशकसँगको कामले नयाँ कुरा दिन सकिन्छ । नयाँ निर्देशकको फिल्ममा मार्क हुन सकियो भने आफ्ना लागि पनि फाइदाको कुरा हो । अहिलेको कन्टेन्ट नयाँ पुस्तासँग अनुुकुल भएकाले पनि फिल्मप्रति आशावादी छु’, उनी भन्छन् । अहिलेसम्म मैले जस्तो किसिमको योजनाहरु बनाइरहेको छु, त्यो अहिले नै आइपुगेको छैन’, उनी खुल्छन् ।
अनमोलले अहिलेसम्म फिल्ममा गाउँले चरित्रमा अभिनय गरेका छैनन् । जति पनि अभिनय गरेका छन्, सबै सहरीया चरित्रमा नै छन् । ‘मलाई गाउँले चरित्रको अफर आए पनि मैले कलाकारको रुपमा त्यो चिज निर्वाह गर्न सक्छु कि सक्दिनँ भन्ने प्रश्न हो । आयो भने पनि समाज, खानपिन, बसाई, संस्कृति बुझेर गर्न सक्छु । तर आउनासाथ हुन्छ भन्दिनँ । जुन दिन त्यो चिजको ज्ञान ममा आउँछ त्यो दिन म गाउँले चरित्र गर्छु ।

Previous Post

गाउको परिवर्तनको बीचमा प्रगति, परम्परा, भावनाहरूको सम्बोधन, गाउ आएको बाटो टिजर

Next Post

‘घर ज्वाँई टिजर’ मन परेको केटीको लागी घर ज्वाँई बस्नु पर्ने बाधयतामा दया

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

स्वास्थ विमा कार्यक्रम  सेवा विपि प्रतिष्ठान धरानबाटै हुन्छ – स्वास्थ्यमन्त्री पौडेल

स्वास्थ विमा कार्यक्रम सेवा विपि प्रतिष्ठान धरानबाटै हुन्छ – स्वास्थ्यमन्त्री पौडेल

by हंगामा खबर
२०८२ असार ३१ गते ११:५४ बजे प्रकाशित
0

चलचित्र जनै हराएको मान्छे को टिजरमा देखियो मिरुना र विजयको कारुणिक प्रेम कथा

चलचित्र जनै हराएको मान्छे को टिजरमा देखियो मिरुना र विजयको कारुणिक प्रेम कथा

by हंगामा खबर
२०८२ असार ३१ गते ११:०४ बजे प्रकाशित
0

मिलन चाम्सको अगामी प्रोजेक्ट ‘सुम्निमा’ मा अभिनेता कुन्साङ बम्जन अनुबन्ध

मिलन चाम्सको अगामी प्रोजेक्ट ‘सुम्निमा’ मा अभिनेता कुन्साङ बम्जन अनुबन्ध

by हंगामा खबर
२०८२ असार ३० गते १०:३८ बजे प्रकाशित
0

‘यो मन त मेरो नेपाली हो’ लाई दर्शकको साथ पाउदै, दमकमा कलाकारहको उपस्थितीले मख्ख दर्शक

‘यो मन त मेरो नेपाली हो’ लाई दर्शकको साथ पाउदै, दमकमा कलाकारहको उपस्थितीले मख्ख दर्शक

by हंगामा खबर
२०८२ असार ३० गते ०९:३० बजे प्रकाशित
0

टिजर र दुई गीत हिट  भएपछि  चलचित्र ‘मोहर’ को प्रचार बुटवलबाट सुरु

टिजर र दुई गीत हिट भएपछि चलचित्र ‘मोहर’ को प्रचार बुटवलबाट सुरु

by हंगामा खबर
२०८२ असार २९ गते १५:२१ बजे प्रकाशित
0

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist