बैशाख ३ गतेबाट कोशी प्रदेशको इटहरीमा सुरु भएको ‘मेरो कथा मेरो चलचित्र’ कार्यशाला शुक्रबार सम्पन्न भएको छ । नेपाल चलचित्र बिकास बोर्डको आयोजना सोमबार बाट इटहरीमा ‘मेरो कथा मेरो चलचित्र’ बिषयक ५ दिने कार्यशाला सम्पन्न भएको हो । नेपाल चलचित्रकर्मी महासंघका अध्यक्ष अरुण कुमार प्रधानको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बिकास बोर्डका अध्यक्ष के एल बुढाथोकी सभापती थिए । कार्यशालामा रङ्गकर्मी नवराज बुढाथोकी काठमाडौ ले निर्देशन र नाटक संग्रह, प्रतिक श्रेष्ठले सम्पादन,निर्देशन, कलाकार दिनेश कोइरालाले अभिनय, प्रकाश सुब्बाले प्राबिधिक पक्ष,बिकास बोर्डकी निर्मला चौलागाईं,कलाकार रितेश जङ्ग पौडेलले अभिनय र अरुण कुमार प्रधानले चलचित्र निर्माण सम्बन्धी सहजीकरण गरेका थिए । कार्यशालालाई सम्पन्न गर्न स्थानिय कलाकरहरु र नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशले सहयोग गरेका थिए ।
ताप्लेजुङ, पाचथर, ईलाम झापा मोरङ र सुनसरीका १८ जना बालबालिकाकाहरु सहभागी रहेको कार्यशालामा सिर्जनात्मक लेखन कथा वाचन,पाठ्यकथालाई दृश्य कथामा रुपान्तरण, छायांकन, सम्पादन, अभिनय लगायत चलचित्र निर्माणसम्बन्धि सैद्धान्तिक एवम् प्रयोगात्मक ज्ञान सीपका साथै बालअधिकार, मिडिया साक्षरता, नेतृत्व कलाबारे प्रशिक्षण दिइएको कार्यशाला संयोजक तथा चलचित्र बिकास बोर्डका सदस्य के एल बुढाथोकीले जानकारी दिए । कार्यशालामा प्रशिक्षार्थीहरुले नमूना चलचित्रहरु निर्माण तथा प्रदर्शन गरेका थिए । बालबालिकाहरुले केही नमुना चलचित्रहरु निर्माण गरेपनी एउटा चलचित्र ‘हेल्पिङ ह्याण्ड’ सहयोगी हात नामक चलचित्र चाँही प्रदर्शन गरेका थिए ।
बालबालिकाहरुले केही चलचित्रहरु निर्माण गरेका छन सम्पादन कार्य सम्पन्न नभएकोले प्रदर्शन गर्न असमर्थ भएको सहजकर्ता प्रतिक श्रेष्ठले जानकारी दिए ।कार्यशाला हलमा प्रदर्शन गरिएको ‘हेल्पिङ ह्याण्ड’ लाई भने प्रशिक्षार्थी धरानकी अनामिका श्रेष्ठले निर्देशन् गरेकी थिइन । उनले मन्दिर फलफुल चढाउनु भन्दा असहय तथा गरीब दुखीलाई खानेकुरा दिनु असल भएको सन्देश दिन फिल्म निर्माण गरेको बताइन । उनिहरुले निर्माण गरेको सर्ट फिल्ममा सहभागी हरुले बिभिन्न जिम्मेवारी निभाएका थिए ।
कार्यशाला पस्चात बिधार्थीहरुलाई प्रमाण पत्र बितरण गरिएको थियो ।कार्यक्रमका प्रमुख अतिथी अरुण कुमार प्रधानले चलचित्रकर्मी महासंघले बालबालिकाहरुको लागी केही सर्त मुवी निर्माण गरिदिने बताए । उनले पाचथरका सहभागी बिबेक लिम्बुको लागी फिल्म बनाउने घोषणा समेत गरे । कार्यक्रमका संयोजक तथा सदस्य के एल बुढाथोकीले कार्यशालामा सहभागी बलबालिकाहरुले सर्ट मुभी निर्माण गर्नुपरेमा बिकास बोर्डले सहयोग गर्ने बताए । बालबालिकाले निर्माण गरेको सर्ट मुभी फिल्म फेस्टिभलहरुमा प्रदर्शन गरिने समेत बताए । कार्यशालामा सिर्जनात्मक लेखन कथा वाचन,पाठ्यकथालाई दृश्य कथामा रुपान्तरण, छायांकन, सम्पादन, अभिनय लगायत चलचित्र निर्माणसम्बन्धि सैद्धान्तिक एवम् प्रयोगात्मक ज्ञान सीपका साथै बालअधिकार, मिडिया साक्षरता, नेतृत्व कलाबारे प्रशिक्षण दिइएको बुढाथोकीले जानकारी गराए ।