यही बैशाख २१ गतेबाट प्रदर्शनमा आउन लागेको प्रतिक्षित चलचित्र ‘मनसरा’ निर्माण टिमले देशै भरी कविता कन्सर्ट गर्ने भएको छ । गत बैशाख ६ गते बुटवलबाट सुरु भएको कबिता कन्सर्ट ८ गते पोखरामा भएको थियो भने अगामी बैशाख १२ गते बिर्तामोड १४ गते धरान र १५ गते इटहरीमा कविता कन्सर्ट गर्ने भएको छ । कविता कन्सर्टमा स्टान्डअप कमेडी पनि हुने आयोजक लियो डिस्ट्रिक काउन्सिल 325c ले जनाएको छ । कन्सर्टमा फिल्मकी मुख्य कलाकार अर्थात मनसरा मिरुना मगर, प्रबिण खतिवडा मेनुका प्रधान र लेखक तथा निर्देशक उपेन्द्र सुब्बाको उपस्थिती रहनेछ । कबिता कन्सर्ट संगै स्टान्ड्याप कमेडी शो समेत हुने छ । कमेडी शो मा निशान पुरी ,निरु तामाङ,दिपल बन्जारा र दिपेश घिमिरेले हसाउने छन ।
फिल्म का लेखक तथा निर्देशक उपेन्द्र सुब्बाको कबिता को एक हरप ‘बाउले नपढेर दु:ख पाए ,मैले पढेर दु:ख पाए ,गाउमा बाउ हलो जोती राछन ,शहरमा म टाउको जोती राछु’ भन्ने थिम राखेर सुरु गरिएको कबिता कन्सर्ट पश्चिममा बुटवलमा बैशाख ६ गते , पोखरामा बैशाख ८ गते सम्पन्न भैसकेको छ भने पुर्वका शहरहरु बिर्तामोडमा बैशाख १२ गते QFX सिनेमा हलमा दिउसो १२ बजे , धरान बैशाख १४ गते बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिस्ठानको अडिटरिएम हल दिउसो ३:३० बजे र इटहरीमा बैशाख १५ गते लायन्स क्लबको सभाहलमा दिउसो ४ बजे बाट सुरु हुने छ ।
निर्देशक सुब्बाले मनसरा धानको नाम भएको बताएका छन । पुर्वतिर पाइने धान जसको ढांट अलिक कडा हुन्छ । वरिपरि अन्य बाली लगाएता पनि उक्त धानमा कुनै असर नभई उत्पादन हुने हुँदा उक्त विषयवस्तुलाई समाज सँग जोड्ने प्रयास सिनेमाको माध्यमबाट गरेको सुब्बाको दावी छ । ट्रेलर रिलिज पछी टिम देश दौडाहमा निस्केको छ । टिम ले पश्चिम का बिभिन्न शहरहरु पोखरा लगायत ठाउमा प्रेस भेट्घाट गर्दै आएको छ । सिनेमा आगामी वर्षको वैशाख २१ गते रिलिज हुनेछ । ‘जारी’ निर्देशक उपेन्द्र सुब्बाले मनसराका निर्देशक हुन् । सिनेमामा मिरुना ‘मनसरा’ पात्रको शीर्ष भूमिकामा देखिएकिछिन । प्रविण खतिवडा, मेनुका प्रधान तथा हेमन्त बुढाथोकीको अभिनय रहेको छ ।
निर्देशक सुब्बाकै लेखन रहेको सिनेमाका निर्माता छायांकार शैलेन्द्र ध्वज कार्की हुन् । यस्तै, विष्ण कुमार लिम्बु मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ सह–निर्माता हुन् ।कबड्डी फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमामा निमेश श्रेष्ठको समपादन, अर्जुन कार्कीको रंग संयोजनको साथमा श्रवल राज पाण्डेको साउण्ड डिजाइन रहेको छ भने मानाहाङ लावती, मनिक शंखर र सुभम चाम्लिङ राईको संयूक्त कला निर्देशन रहनेछ ।सिजन दाहाल कार्यकारी निर्माता रहेको सिनेमामा किरण चाम्लिङ राई मुख्य सहायक निर्देशकका रुपमा रहनेछन् ।