Saturday, July 19, 2025
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

नेपाली, भोजपुरी र हिन्दी म्युजिक भिडियो निर्देशनमा व्यस्त बन्दै अरुण

महासचिव निर्देशक अरुण कुमार प्रधान पछील्लो समय म्युजिक भिडियो लेखन तथा निर्देशनमा व्यस्त छन ।

हंगामा खबर by हंगामा खबर
२०८१ बैशाख २० गते १५:२० बजे प्रकाशित
in FEATURE, चलचित्र, हंगामा विशेष
0
नेपाली, भोजपुरी र हिन्दी म्युजिक भिडियो निर्देशनमा व्यस्त बन्दै अरुण
68
SHARES
Share on FacebookShare on Twitter

नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेश अध्यक्ष, चलचित्र निर्देशक समाज केन्द्रिय महासचिव निर्देशक अरुण कुमार प्रधान पछील्लो समय म्युजिक भिडियो लेखन तथा निर्देशनमा व्यस्त छन । मोफसलमा रहेर नेपाली चलचित्र , मैथीली भोजपुरी लगायत थुप्रै जातिय चलचित्र निर्देशन र निर्माण गर्दै आएका प्रधान हाल नेपाली गीतको म्युजिक भिडियो निर्देशन संगै भोजपुरी तथा हिन्दी गीतको भिडियो निर्देशनमा व्यस्त छन । चलचित्र होस या म्युजिक भिडियो सामान्य रुपमा अरुले गरे भन्दा फरक गर्न रुचाउने प्रधानले लगभग केही बर्ष अघी १२ नेपाली एक चिहान निर्माण गरेर दुनियाँ दर्शक रुवाएका थिए ।

सोही चलचित्र मार्फत निकै चर्चा मा आएका प्रधानले अमेरिकामा आयोजना हुने जनजाती फिल्म फेस्टिवलमा सन २०१८ मा उत्कृष्ट निर्देशकको अवार्ड समेत जितेका थिए । यस पछीका दिनहरुमा मोफसलमा बसेर चलचित्र कर्मी हरुको हक हितको निम्ती निरन्तर लडिरहेका प्रधानले पछीलो समय भोजपुरी गीत ‘कमर लप लप करे’ को लेखन तथा निर्देशन् गरेका थिए । गीतमा चर्चित मोडल तथा गायक दुर्गेश थापा र भोजपुरी सिनेमा कि चर्चित नायिका मेनुका माझीले अभिनय गरेका छन । विरेन्द्र कुमार को शब्द सतेन्द्र जी को संगीतमा सतेन्द्र जी र सुस्मिता सिङले स्वर दिएको गीत ‘कमर लप लप करे’ को भिडियो अहिले मिलियन भ्युज मा छ ।

यसै गरी केही दिन अघी मात्र उनले कलाकार दिनेश कोइराला र मेनुका माझीलाई लिएर भजन कृष्ण कन्हैया निर्देशन गरे सँग संगै  ‘सासले हैन अब लाशले कुर्ने बेला आएको छ ।अहिलेको हाम्रो वास्तविकता । ‘ लाई थिम बनाएर निर्देशन् गरेको ‘गाह्रो भयो बुढ्यौली जीवन’ पनि केही दिन अगाडी सार्वजनिक भएको छ । दु:ख गरेर आफ्नो सन्तानलाई बिदेश पठाएपछी आफुले भोग्न पर्ने पिडालाई प्रस्फुटन गरिएको ‘गाह्रो भयो बुढ्यौली जीवन’मा बाल कृष्ण सिग्देल को शब्द संगीत र स्वर रहेको छ । उक्त्त गीतपनी पछील्लो समय मा निकै धेरै दर्सक हरुले हेरेका छन । यसैगरी केही महिना अगाडी लण्डन् जादा प्रधानले एक हिन्दी गीतको म्युजिक भिडियो निर्माण गरेका छन । लण्डन मा छयांकन भएको अरुण प्रधानको निर्देशनमा बनेको हिन्दी गित “भाव नहि देति है” भारतको प्रसिद्ध Wave Music channel मा रिलिज भएको छ । अधिकांश भारतिय चलचित्रहरुको छयांकन हुने लण्डनको मुख्य मुख्य पर्यटकीय स्थल बिग बेन, लण्डन आई, वेस्टमिनिस्टर, लण्डन ब्रीज, Trafalgar Square, चाईना टाउन लागायतको स्थानमा उक्त गित छयांकन गरिएको हो । गितमा स्वर भारतिय गायक/गायिका माही राव र खुशबु तिवारिको रहेको छ ।

पछिल्लो समय निर्देशक प्रधानको निर्देशनमा बनेको भोजपुरी गित कमर लप लप करे Wave Music मा रिलिज भए पछि, भारतिय गायक माही रावले Wave कम्पनी मार्फत प्रधानको व्हाटसएप नम्बर लिएर निर्देशक प्रधान संग सम्पर्क गरेर आफ्नो हिन्दी गितमा भिडियो बनाउनको लागि अनुरोध गरेका थिए । सोही अनुरोधलाई स्वीकार गरेर ” गोर्खा वारियरको” वर्ल्ड प्रीमियर को अवसरमा लन्डन गएको मौका छोपी प्रधानले उक्त गितको भिडियो तयार गरेका हुन । भिडियोमा नेपाली मुलकी लन्डन निवासी मोडल तथा नायिका सृजना निङ्लेखु र लन्डनमा नै बसोबास गर्ने बिकेस राज बस्नेत ले अभिनय गरेका छन । सृजनाले नेपालमा रहदा प्रधानको निर्देशनमा बनेको याख्खा भाषाको चलचित्र “ओम्ला” मा अभिनय गरेकी थियिन ।

जुन चलचित्रले अमेरिकाको न्युयोर्क मा सन 2018 मा सम्पन्न niff ( निफ) अवार्डमा बेस्ट डाईरेक्टरको अवार्ड जितेको थियो । बनस्थली काठमाडौं घर भएका बिकेश राज बस्नेत लन्डन मा नै स्थायी रुपले बसोबास गर्दै मोडलिङ गर्दै आएका छन । गित एआर लण्डन ईन्टरटेनमेन्ट को ब्यानरमा रोनुस ओझाको प्रस्तुतिमा निर्माण भएको हो । सलुना गुरुङ यश गितको लन्डनको संयोजक रहेकी छन भने । लन्डन निवासी आशिष् श्रेष्ठ को छ्यांकन, कार्तिक राजवंशीको सम्पादन गरेका छन । यश गितको गितकार बिट्टु विद्यार्थीर सन्नी वर्मा, संगित अजय वर्माको रहेको छ ।

Previous Post

मोडल हन्ट ‘फेस अफ नेपाल’को नयाँ संस्करण घोषणा, सातै प्रदेशमा अडिसन हुने

Next Post

भोलीबाट देशभर ‘मनसरा’ हलमा आउने, ‘बोक्सी को घर’ को डिमाण्ड झनै उच्च

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

स्वास्थ विमा कार्यक्रम  सेवा विपि प्रतिष्ठान धरानबाटै हुन्छ – स्वास्थ्यमन्त्री पौडेल

स्वास्थ विमा कार्यक्रम सेवा विपि प्रतिष्ठान धरानबाटै हुन्छ – स्वास्थ्यमन्त्री पौडेल

by हंगामा खबर
२०८२ असार ३१ गते ११:५४ बजे प्रकाशित
0

चलचित्र जनै हराएको मान्छे को टिजरमा देखियो मिरुना र विजयको कारुणिक प्रेम कथा

चलचित्र जनै हराएको मान्छे को टिजरमा देखियो मिरुना र विजयको कारुणिक प्रेम कथा

by हंगामा खबर
२०८२ असार ३१ गते ११:०४ बजे प्रकाशित
0

मिलन चाम्सको अगामी प्रोजेक्ट ‘सुम्निमा’ मा अभिनेता कुन्साङ बम्जन अनुबन्ध

मिलन चाम्सको अगामी प्रोजेक्ट ‘सुम्निमा’ मा अभिनेता कुन्साङ बम्जन अनुबन्ध

by हंगामा खबर
२०८२ असार ३० गते १०:३८ बजे प्रकाशित
0

‘यो मन त मेरो नेपाली हो’ लाई दर्शकको साथ पाउदै, दमकमा कलाकारहको उपस्थितीले मख्ख दर्शक

‘यो मन त मेरो नेपाली हो’ लाई दर्शकको साथ पाउदै, दमकमा कलाकारहको उपस्थितीले मख्ख दर्शक

by हंगामा खबर
२०८२ असार ३० गते ०९:३० बजे प्रकाशित
0

टिजर र दुई गीत हिट  भएपछि  चलचित्र ‘मोहर’ को प्रचार बुटवलबाट सुरु

टिजर र दुई गीत हिट भएपछि चलचित्र ‘मोहर’ को प्रचार बुटवलबाट सुरु

by हंगामा खबर
२०८२ असार २९ गते १५:२१ बजे प्रकाशित
0

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist