नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेश अध्यक्ष, चलचित्र निर्देशक समाज केन्द्रिय महासचिव निर्देशक अरुण कुमार प्रधान पछील्लो समय म्युजिक भिडियो लेखन तथा निर्देशनमा व्यस्त छन । मोफसलमा रहेर नेपाली चलचित्र , मैथीली भोजपुरी लगायत थुप्रै जातिय चलचित्र निर्देशन र निर्माण गर्दै आएका प्रधान हाल नेपाली गीतको म्युजिक भिडियो निर्देशन संगै भोजपुरी तथा हिन्दी गीतको भिडियो निर्देशनमा व्यस्त छन । चलचित्र होस या म्युजिक भिडियो सामान्य रुपमा अरुले गरे भन्दा फरक गर्न रुचाउने प्रधानले लगभग केही बर्ष अघी १२ नेपाली एक चिहान निर्माण गरेर दुनियाँ दर्शक रुवाएका थिए ।
सोही चलचित्र मार्फत निकै चर्चा मा आएका प्रधानले अमेरिकामा आयोजना हुने जनजाती फिल्म फेस्टिवलमा सन २०१८ मा उत्कृष्ट निर्देशकको अवार्ड समेत जितेका थिए । यस पछीका दिनहरुमा मोफसलमा बसेर चलचित्र कर्मी हरुको हक हितको निम्ती निरन्तर लडिरहेका प्रधानले पछीलो समय भोजपुरी गीत ‘कमर लप लप करे’ को लेखन तथा निर्देशन् गरेका थिए । गीतमा चर्चित मोडल तथा गायक दुर्गेश थापा र भोजपुरी सिनेमा कि चर्चित नायिका मेनुका माझीले अभिनय गरेका छन । विरेन्द्र कुमार को शब्द सतेन्द्र जी को संगीतमा सतेन्द्र जी र सुस्मिता सिङले स्वर दिएको गीत ‘कमर लप लप करे’ को भिडियो अहिले मिलियन भ्युज मा छ ।

यसै गरी केही दिन अघी मात्र उनले कलाकार दिनेश कोइराला र मेनुका माझीलाई लिएर भजन कृष्ण कन्हैया निर्देशन गरे सँग संगै ‘सासले हैन अब लाशले कुर्ने बेला आएको छ ।अहिलेको हाम्रो वास्तविकता । ‘ लाई थिम बनाएर निर्देशन् गरेको ‘गाह्रो भयो बुढ्यौली जीवन’ पनि केही दिन अगाडी सार्वजनिक भएको छ । दु:ख गरेर आफ्नो सन्तानलाई बिदेश पठाएपछी आफुले भोग्न पर्ने पिडालाई प्रस्फुटन गरिएको ‘गाह्रो भयो बुढ्यौली जीवन’मा बाल कृष्ण सिग्देल को शब्द संगीत र स्वर रहेको छ । उक्त्त गीतपनी पछील्लो समय मा निकै धेरै दर्सक हरुले हेरेका छन । यसैगरी केही महिना अगाडी लण्डन् जादा प्रधानले एक हिन्दी गीतको म्युजिक भिडियो निर्माण गरेका छन । लण्डन मा छयांकन भएको अरुण प्रधानको निर्देशनमा बनेको हिन्दी गित “भाव नहि देति है” भारतको प्रसिद्ध Wave Music channel मा रिलिज भएको छ । अधिकांश भारतिय चलचित्रहरुको छयांकन हुने लण्डनको मुख्य मुख्य पर्यटकीय स्थल बिग बेन, लण्डन आई, वेस्टमिनिस्टर, लण्डन ब्रीज, Trafalgar Square, चाईना टाउन लागायतको स्थानमा उक्त गित छयांकन गरिएको हो । गितमा स्वर भारतिय गायक/गायिका माही राव र खुशबु तिवारिको रहेको छ ।

पछिल्लो समय निर्देशक प्रधानको निर्देशनमा बनेको भोजपुरी गित कमर लप लप करे Wave Music मा रिलिज भए पछि, भारतिय गायक माही रावले Wave कम्पनी मार्फत प्रधानको व्हाटसएप नम्बर लिएर निर्देशक प्रधान संग सम्पर्क गरेर आफ्नो हिन्दी गितमा भिडियो बनाउनको लागि अनुरोध गरेका थिए । सोही अनुरोधलाई स्वीकार गरेर ” गोर्खा वारियरको” वर्ल्ड प्रीमियर को अवसरमा लन्डन गएको मौका छोपी प्रधानले उक्त गितको भिडियो तयार गरेका हुन । भिडियोमा नेपाली मुलकी लन्डन निवासी मोडल तथा नायिका सृजना निङ्लेखु र लन्डनमा नै बसोबास गर्ने बिकेस राज बस्नेत ले अभिनय गरेका छन । सृजनाले नेपालमा रहदा प्रधानको निर्देशनमा बनेको याख्खा भाषाको चलचित्र “ओम्ला” मा अभिनय गरेकी थियिन ।


जुन चलचित्रले अमेरिकाको न्युयोर्क मा सन 2018 मा सम्पन्न niff ( निफ) अवार्डमा बेस्ट डाईरेक्टरको अवार्ड जितेको थियो । बनस्थली काठमाडौं घर भएका बिकेश राज बस्नेत लन्डन मा नै स्थायी रुपले बसोबास गर्दै मोडलिङ गर्दै आएका छन । गित एआर लण्डन ईन्टरटेनमेन्ट को ब्यानरमा रोनुस ओझाको प्रस्तुतिमा निर्माण भएको हो । सलुना गुरुङ यश गितको लन्डनको संयोजक रहेकी छन भने । लन्डन निवासी आशिष् श्रेष्ठ को छ्यांकन, कार्तिक राजवंशीको सम्पादन गरेका छन । यश गितको गितकार बिट्टु विद्यार्थीर सन्नी वर्मा, संगित अजय वर्माको रहेको छ ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।