आज बाट प्रदर्शनमा आएको चलचित्र ‘मनसरा’ को मुख्य टिम धरानमा आइपुगेकोछ । सिनेमा प्रदर्शनमा आएको दिन मुख्य कलाकारहरु प्राय काठमाण्डौ केन्द्रित हुने गरेकोमा मनसरा टिमले भने प्रदर्शनको पहिलो दिन मोफसल पुर्वबाट हल भिजिट सुरुवात गरेको छ । बिहीवार कोशी प्रदेशको राजाधानी बिराटनगरमा ग्राण्ड प्रिमियर सम्पन्न गरे संगै टिमले इटहरीबाट हल भिजिट सुरु गरेको थियो । इटहरीको दुई सिनेमाहलहरु इलाइट सिनेमा हल र QFX सिनेमाको हल भिजिट सकेर टिम धरान स्थित फ्रेण्ड्स सिनेमाजमा पुगेको थियो । फ्रेण्ड सिनेमाजमा मनसराको पहिलो शो बिहान ८ बजे राखिएको थियो । पहिलो शो मा सिमित दर्शक आएपनी ३:४५ को शोमा कलाकार आउने सुइको पाएपछी ओइरिएका दर्शकहरुले हल खचाखच भरिएको थियो ।
सिनेमा सुरु हुनु अगाडी हल प्रबेश गरेका कलाकारहरुको टिम लाई दर्शकहरु सिट बाट उठेर स्वागत गर्दा कलाकारहरु निकै भावुक र उत्साहित देखिन्थे । हल भित्र दर्शकहरुलाई धन्यवाद दिदै कलाकार दयाहाङ राईले जारीले धरानमै ५१ औ दिन मनाएको स्मरण गर्दै मनसरालाई पनि जारीलाई जस्तै माया गर्नेमा विश्वाशत रहेको बताए गरे । कलाकार मिरुना मगरले धरान आफ्नो जन्मस्थल होम टाउन भएकोले आफ्नो चलचित्र प्रदर्शनको पहिलो दिन नै धरानका आफन्त दर्शकहरु सँग भेट्न् आउन पाउदा निकै खुशी लागेको बताउदै मनसराले फेरी पनि धराने दर्शकहरुको मन जित्ने दावी गरिन । मुख्यकलाकार प्रविण खतिवडाले मनसरामा आफुले गरिरहेको भन्दा भिन्नै फरक अनी आम दर्शकहरुको दैनिकीलाई नै क्यारेक्टर गरेको बताउदै आफुलाई राम्रो लागे एक सम्वाहक राजादुत बनेर मनसराको बारेमा सबैलाई सुनाउदिन आग्रह गरे ।
टिममा कार्यकारी निर्माता सिजन दाहाल, कलाकार दयाहाङ् राई, मिरुना मगर, हेमन्त बुढाथोकी, बाल कलाकार निनाहाङ राई लगायतको टिम रहेको छ । टिम शनिबार दमक र बिर्तामोड पुगेर दर्शक साक्षात्कार गरेर काठमाडौं फर्कने छ । निर्देशक उपेन्द्र सुब्बाकै लेखन रहेको सिनेमाका निर्माता छायाँकार शैलेन्द्र ध्वज कार्की हुन् ।सिनेमामा विष्ण कुमार लिम्बु, मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ सह-निर्माता हुन् । निमेश श्रेष्ठको सम्पादन, अर्जुन कार्कीको रंग संयोजनको साथमा श्रवल राज पाण्डेको साउण्ड डिजाइन रहेको छ भने मानाहाङ लावती, मनिक शंखर र सुभम चाम्लिङ राईको संयूक्त कला निर्देशन सिनेमामा रहेकोछ ।सिजन दाहाल कार्यकारी निर्माता रहेको सिनेमामा किरण चाम्लिङ राई मुख्य सहायक निर्देशकका रुपमा रहेकाछन् ।