‘परिवर्तन आफैबाट सुरु गरौं समाज स्वतः बदलिनेछ’ भन्ने नारा राखेर निर्माण गरिएको छुवाछुत बिरुद्दको कथा बोल्ने चलचित्र ‘निरमाया’ को फर्स्ट लुक्स र टिजर रिलिज भएकोछ । अनन्त प्रसाद तिमल्सिनाको प्रस्तुति रहेको ‘निरमाया’ मा रमेश कोइरालाको निर्देशन , रामकुमार केसीको कथा र अजित लामिछानेको लेखन रहेको चलचित्रले नेपालमा सदियौ देखी जरा गाडेर बसेको जातिय भेदभादको बास्तविक घटनालाई बोल्ने टिजरले देखाएकोछ । फिल्ममा रमेश बुढाथोकी, लय संग्रौला, जे.एन.घिमिरे, जेबी डिसी, अजित लामिछाने, प्रतिक्षा रिजाल, सम्रिद्दी पौडेल, रमेश अधिकारी, गोपाल ढकाल, रामबाबु रेग्मी लगायतका कलाकारको मुख्य भूमिका छ । मदानी मुभिजको प्रस्तुतिमा पदम विस्वकर्मा साहित्य प्रतिष्ठानको सहकार्यमा निर्माण भएको फिल्मको रिलिज मिती भने चाडै घोषणा गरिने निर्माण टिमले जनाएकोछ ।