नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य , सञ्चार तथा सूचना प्रविधि एवम् कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफ्नो क्षेत्र सुनसरी क्षेत्र नं. ४ का सबै विद्यालयलाई स्मार्ट विद्यालय बनाउने बताउनु भएकोछ । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा पार्टी प्रवेश कार्यक्रमलाई शनिबार सम्बोधन गर्नुहुदै मन्त्री कार्कीले सो प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।
विकासको काम तिव्र गतिमा भइरहेकाले कुनै दुविधामा नपर्न उहाँले नागरिकलाई आग्रह गर्नुभयो । राजनीतिकमा कमाउनका लागि नभई जनताको सेवा गर्नका लागि आफू आएको उहाँले बताउनुभयो । सत्ता गठबन्धनको तर्फबाट सुनसरी क्षेत्र ४ को प्रतिनिधिसभाका उम्मेदवार रहनुभएका कार्कीले आफ्नो कर्मक्षेत्र सुनसरी भएको बताउनुभयो ।