यही कार्तिक ११ गते रिलिजको तयारी रहेको नेपाली चलचित्र “महापुरुष” को मुख्य कलाकार मह जोडी अर्थात मदन कृष्ण श्रेष्ठ र हरीबंश आचार्य “महापुरुष” को प्रोमोशनको लागी तयार पारीएको टिशर्ट लगाएर ह्यान्डसम देखिएकाछन । फिल्मका निर्देशक प्रदीप भट्टराईले सामाजिक संजाल फेसबुकमा फोटो राखेर ह्यान्डसम मदन दाई भनेर पोस्ट गरेकाछन । जात्रा ,जात्रै जात्रै, शत्रुगते जस्ता हिट फिल्म निर्माण गरेको चर्चित ब्यानर षट्कोण आर्ट्सको ब्यानरमा निर्माण भएको फिल्म ‘महापुरुष’को प्रचारप्रसार यती बेला तिव्र गतीमा भैरहेकोछ । प्रचार प्रसारकै क्रममा निर्माण टिम यही असोज २५ गतेबाट देश दौडाहमा निस्किने छ ।
शत्रुगते , जात्रा ,जात्रै जात्रा जस्ता हिट फिल्म दिएका निर्देशक प्रदीप भट्टराईको निर्देशन रहेको सामाजिक कथावस्तुमा आधारित ‘महापुरुष’मा मदनकृष्ण र हरिवंशसँगै रविन्द्र सिंह बानियाँ, गौरी मल्ल, अरुण क्षेत्री, अञ्जना बराइली, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य, प्रज्वल लुइँटेल लगायत कलाकारको अभिनय रहेकोछ । रविन्द्र सिंह बानियाँ कार्यकारी निर्माता र म्याक्स दिपेश खत्री फिल्मका निर्माता हुन्। दीपक बज्रचार्यले छायांकन गरेको फिल्मलाई मित्रदेव गुरुङले सम्पादन गरेका छन्। फिल्म कात्तिक ११ गते भाइटिकाको भोलिपल्टबाट विश्वव्यापी रुपमा प्रदर्शनमा आउने भएकोछ ।