याक्थुङ चलचित्रकर्मी संघ प्रदेश १ ले बिभिन्न कार्यक्रम गरेर बनभोज कार्यक्रम सम्पन्न गरेकोछ । बुधवार धरान स्थित क्षितिज डाडामा सम्पन्न कार्यक्रममा प्रदेश १ का चलचित्रकर्मीहरुको बाक्लो उपस्थिती रहेको थियो । ‘सेवारो बनभोज कार्यक्रम -२०७९’ नाम दिएको वनभोज कार्यक्रममा औपचारिक कार्यक्रम समेत गरिएको थियो । बनभोज भन्नाले घर बाहिर गएर साधारण तया खानपिन तथा रमाइलो गर्ने गरिएपनी हामी याक्थुङ चलचित्रकर्मीले भने आफ्नो कला संस्कृतिको पहिचान झल्काउने जातिय पोशाक सहित कार्यक्रम गरिएको संघका अध्यक्ष नविन मेन्याइंवोले जानकारी दिए । याक्थुङ चलचित्रकर्मी संघको उद्देश्य पनि याक्थुङ (लिम्बु) जातीको कला संस्कृती झल्काउने चलचित्र निर्माण गर्ने र निर्माता हरुलाई प्रोत्साहन गर्ने भएकोले लिम्बु संस्कृतिमा आधारित चलचित्र “ हाइंनान्द “ Nepal international film festival मा मनोयन पर्न सफल भयेकोले निर्माण समुहका तर्फबाट निर्देशक विजय संयोक सुब्बा लाई सम्मान गरिएको अध्यक्ष मेन्याइंवोले बताए ।
यसैगरी उक्त कार्यक्रममा उत्कृष्ठ पोशाक प्रदर्शन गर्ने दुईजनालाई पुरस्कृत गरीएको थियो । पुरस्कृत हुने हरुमा महिला तर्फ नुमा नेयोइं लिम्बु र पुरुष तर्फ कमर सिं मगरलाई नगद र प्रमाण पत्र सहित पुरस्कृत गरिएको थियो । पुरस्कार तथा प्रमाणपत्र प्रमुख अतिथि चलचित्रकर्मी महासंघ प्रदेस १ का अध्यक्ष अरुण कुमार प्रधान र याक्थुङ चलचित्रकर्मी संघका सल्लाहकार किसोर सम्बाहाङ्फे को हातबाट प्रदान गरिएको थियो । वनभोज कार्यक्रममा लिम्बु कलाकारहरुद्वारा याक्थुङ जातिको धान नाच प्रदर्शन गरिएको थियो । साथै चर्चित कमेडियन गायक प्रकास ओझाले आफ्नो चर्चित तथा लोकप्रिय गित भत्काईदिन्छु बाख्राको खोरपनि गाएर वनभोज कार्यक्रम लाई थप रमाइलो बनाएका थिए । औपचारिक कार्यक्रमलाई याक्थुङ चलचित्रकर्मी संघका अध्यक्ष नविन मेन्याइंवोले सन्चालन गरेका थिए ।