चर्चित नायिका प्रियंका कार्कीले फिल्म चल्न कन्टेन राम्रो हुनुपर्ने बताएकिछिन । यही फागुन – ५ गते रिलिजको तयारी रहेको चलचित्र ‘फुलबारी’ को प्रचारप्रसारको क्रममा बिहीवार इटहरी आएर उनले यस्तो बताएकि हुन । फुलबारी किन हेर्ने के छ् यसमा भन्ने संचारकर्मीहरुको प्रश्नमा कार्कीले फिल्म चल्न सुपर स्टार मात्र हैन कन्टेन चाहिने र त्यो राम्रो कन्टेन ‘फुलबारी’ मा रहेको दावी गरेकिछिन । फिल्मका कार्यकारी निर्माता मणिराम पोखरेलले फिल्म पारिवारिक कथा भएकोले पनि चल्ने विश्वाश लिए । प्रायगरी हाम्रो टिमले निर्माण गरेको फिल्म पश्चिममा छायांकन हुँदै आएकोमा फुलबारीको ६० प्रतिशत लोकेशन पुर्वको सुन्दर ईलाम रहेकोले फिल्मलाई अझ बढी सुन्दर बनाउन मद्घत गरेको पोखरेलले दावी गरे । फुलबारी हरेक नेपालीहरुको घर घरको कथा हो उनले थपे । प्रचार प्रसारको क्रममा फिल्म का मुख्य कलाकारहरु बिपिन कार्की, शिल्पा मास्के , मनिष ढकाल गायक संगीतकार कालिप्रशाद बास्कोटा लगायत जम्बो टिमको उपस्थित थियो ।
‘कबड्डी’ फेम्ड निर्देशक राम बाबु गुरुङले निर्देशन गरेको फुलबारी को ट्रेलर र गीतलाई दर्शकले अत्यधिक रुचाएकाछन । फिल्मको ट्रेलर र गीत रिलिज पछी दर्शकहरुको प्रतिक्षा अझ बढी बढेकोछ । ‘फुलबारी’ले अभिभावक र सन्तानबीचको सम्बन्धको कथा बोल्ने छ । शुक्रबार बुटवलबाट सुरु भएको दौडाहा पोखरा, भरतपुर, इटहरी हुँदै बिर्तामोडमा पुगेर टुंगिने फिल्मका कार्यकारी निर्माता मणिराम पोख्रेलले जानकारी दिए ।
फिल्मले कलेज क्याम्पियन, पब्लिक इभेन्ट र मिट एण्ड ग्रिट जस्ता प्रमोसन कार्यक्रम गर्नेछ । यसोदा फिल्म्सको व्यानरमा निर्माण भएको ‘फुलबारी’ मा मनिष ढकालको निर्माता तथा मणिराम पोखरेल कार्यकारी निर्माता रहेकाछन । फिल्ममा विपिन कार्की र अरुणा कार्कीलाई जोडीको रुपमा देखाइएकोछ । बिपिन र अरुणाका अलवा दयाहाङ राई, प्रियंका कार्की, गौमाया गुरुङ, शिल्पा मास्के, अनुपम शर्मा, सोमनाथ खनाल, मनिष ढकाल, लोकेन्द्र लेखकलगायतका कलाकारहरुको अभिनय रहेको छ । फिल्म यही फाल्गुन ५ गतेबाट देशभर एकसाथ रिलिज हुँदैछ ।