नेपाल भारत हुँदै बिश्वव्यापी हङ्गामा मच्चाइरहेको प्रेम गीत -३ ले पूर्वमा झनै हङ्गमा मच्चाइ रहेको छ । पुर्वका मुख्य शहरहरु धरान , इटहरी बिराटनगर , दमक र बिर्तामोडको अधिकांस सिनेमाहलहरु हाउसफुलका साथ प्रेम गीत -३ चलिरहेको खबरले दर्शक सँग खुशी साट्न पूर्वका हलहरु भिजिटमा आएका नायक प्रदीप खडका ,निर्माता निर्देशक सन्तोष सेन लगायतको टिमले शनिबार र आईतवार दुईदिन लगाएर हल भिजिट गर्यो । सिनेमाहलहरुमा पुग्दा युवतीहरु प्रदीपलाई अङगालो हालेर रोएनै तर ९१ बर्षका वयोवृद्धले प्रदीपलाई आशिर्बाद दिनुभयो । बिराटनगरबाट सुरु भएको हल भिजिटको पहिलो दिनको यात्रा राती १२ बजे बिर्तामोड पुगेर सकिएको थियो ।
शनिवार बिराटनगरको दुई वटा हलहरु सेन्ट्रल मल्टिप्लेक्स , QFX भाटभटेनी , इटहरीको इलाइट सिनेमा , र दमक स्थित डि म्याक्समा पुगेका थिए । प्रदीप खडका पुर्व आउने थाहा पाएपछी दर्शकको मागलाई ध्यानमा राख्दै अन्तिम शो थपिएको थियो । प्रदीप सेन्ट्रल मल्टिप्लेक्स हल बिराटनगर पुग्दा भने ९१ बर्षका वयोवृद्धले प्रदीपलाई आशिर्बाद दिनुभयो । घरमा नातिनिले प्रेम गीत -३ को धेरै चर्चा गर्दै धेरै पुरानो पहिलेको कथा छ भनेको सुनेपछी हेर्ने उत्सुक जागेर अन्तिम शो हेर्न आएको बुवाले बताउनु भयो ।
शनिवारनै इटहरी स्थित इलाइट सिनेमाहलमा भने प्रदीप आउने कुरा थाहा पाएपछी दर्शकको माग अनुसार अन्तिम शो राखिएको संचालक नवराज केसीले बताउनु भयो । फिल्म छुटेको १ घण्टा सम्म दर्शकहरुले प्रतिक्षा गरेर बसेका थिए । इटहरी पछी कारीब रातीको ९:४५ मा टिम दमकको डि म्याक्समा पुग्दा हलमा खचाखच दर्शक देखियो । अघिल्लो ३ शो हाउसफुल चलेर अन्तिम शोमा पनि दर्शकहरु उत्तिकै उत्साहको साथ रहेको जानकारी पछी टिम दमक पुग्दा प्रदीप , सन्तोष ,प्रदीप सन्तोष भन्दै हुटिङ लागिरहेको थियो । पुर्वका दर्शकले यती धेरै माया दिदा आफु धेरै खुशी भएको निर्माता तथा निर्देशक सन्तोष सेनले जानकारी दिनुभयो । फिल्ममा दर्शकले धेरै खोजेको क्यारेक्टर अङगद अर्थात सन्तोष सेनलाई दर्शकले निकै रुचाएको र भूमिका छोटो महत्वपूर्ण तथा सस्पेन रहेको प्रतिकृया दिए । दर्शक प्रतिकृयालाई प्रेम गीत -४ मा आफ्नो भूमिका शशक्त आउने बताउनु भयो ।
आईतवार बिर्तामोडको दुई हल बिर्तामोड QFX र पाथिभरा सिनेमा हलमा पनि टिम पुगेको थियो । QFX मा पुग्दा पहिलो शो का लागि दर्शक भेट्न गएको टिम दोश्रो शो का दर्शक सँग पनि भेटघाट गर्यो । पहिलो शो हेरेर निस्किएका युवती दर्शकहरुले प्रदीप देखेपछी बढी उत्साहित भएर रुदै चिच्याउदै आइ लव यु प्रदीप भनिरहेका थिए भने पुन दोस्रो शो हेर्नका लागी टिकट काटेर हल प्रबेश गरेक थिए । नेपालमा मात्र भारत र अन्य देशहरुमा पनि यती धेरै उत्साह त हाउस फुलका साथ फिल्म चलेकोमा आफु रहेको सेनले बताउनु भयो । बिर्तामोड सकेर टिम सिलिगुडी सिक्किम ,दार्जीलिङको हल भिजिट पछी सोमबार मुम्बई फर्किनेछ ।