Saturday, April 1, 2023
HangamaKhabar
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

केन्द्रमा १७ सिट पाएको नेकपा समाजवादीले प्रदेशमा कति पाउँछ ?

adminIT by adminIT
२०७९ अशोज १४ गते १३:४० बजे प्रकाशित
in राजनीति, स्थानीय समाचार
0
केन्द्रमा १७ सिट पाएको नेकपा समाजवादीले प्रदेशमा कति पाउँछ ?
32
SHARES
Share on FacebookShare on Twitter

सत्ता गठबन्धनमा प्रतिनिधिसभा र प्रदेशसभाको सिट भागबण्डा मिलाउने क्रम अन्तिम अवस्थामा पुगेको छ । केही दिनयता बालुवाटारमा गठबन्धनका शीर्ष नेतासहित कार्यदल सदस्यहरु बसेर भइरहेको सिट बाँडफाँटमा नेकपा एकीकृत समाजवादीको भागमा १७ सिट परेको छ । यद्यपि त्यसमा केही सिट थपिनेमा सो पार्टीका नेताहरु अझै आशावादी छन् ।

सिट बाँडफाँटमा भएको छलफलमा कम्तिमा २५ सिट पाउनुपर्ने समाजवादीका नेताहरुको अडान रहँदै आएकोमा २२ सिटमा सहमति गर्ने मनस्थिति बनाएपनि अहिलेसम्मको स्थितिमा १७ सिट भन्दा नपरेको गठबन्धनका नेताहरुको भनाइ छ ।

‘हामीले प्रतिनिधिसभातर्फ पहिला ४० सिट भनेका हौ । सहमति गर्दा २५ सिटमा सहमत हुन तयार छौ । तर कुनै सहमति नहुँदै १७ सिट भनेर प्रचार गरियो, यसमा हाम्रो विमति छ’, समाजवादीका उपमहासचिव समेत रहेका गंगालाल तुलाधरले भने, ‘यही कारण गठबन्धन भत्कियोस् भन्ने चाहाना पनि हाम्रो होइन ।’

नेता तुलाधरले प्रतिनिधिसभामा १७ भन्दा बढी सिट आफ्नो पार्टीको भागमा नपरे प्रदेशसभामा त्यसको परिपूर्ति हुनेगरी बाँडफाँट गर्नुपर्ने बताए । उनले भने, ‘सातै प्रदेशमा हाम्रा सांसद नै ६० को हाराहारीमा थिए । अबको भागबण्डामा पनि त्यो भन्दा कम संख्यामा जित्नेगरी हामी सहमत हुँदैनौ ।’

यसैबीच गठबन्धनमा सिट बाँडफाँटका क्रममा समाजवादीले दावी गरेका दोलखा, उदयपुर र बैतडीका निर्वाचन क्षेत्रमा नपाएपछि ती जिल्लाका नेताहरुमा असन्तुष्टि बढेको छ । असन्तुष्ट नेता कार्यकर्ताको चित्त बुझाउन केन्द्रीय नेतृत्वलाई समस्या भएको बताइएको छ । गठबन्धनमा प्रतिनिधिसभातर्फका केही सिट बाहेक अधिकांश टुङ्ग्याएर प्रदेश तर्फको बाँडफाँटको गृहकार्य भइरहेको छ ।

Previous Post

करेन्ट लागेर उर्लाबारीमा एकजनाको मृत्यु

Next Post

प्रेम गीत – ३ ले पुर्वमा हङगामा मचाउदै , प्रदीप पुगे हलहलमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर

नवनियुक्त मन्त्रीहरूद्वारा शपथ ग्रहण

नवनियुक्त मन्त्रीहरूद्वारा शपथ ग्रहण

by हंगामा खबर
२०७९ चैत्र १७ गते १९:३८ बजे प्रकाशित
0

चलचित्र “चित्रा” को निर्माण घोसणा

चलचित्र “चित्रा” को निर्माण घोसणा

by हंगामा खबर
२०७९ चैत्र १७ गते १८:४१ बजे प्रकाशित
0

सातौ संस्करणको बिराट गोल्डकपको उपाधि विराटनगर सिटीलाई

सातौ संस्करणको बिराट गोल्डकपको उपाधि विराटनगर सिटीलाई

by हंगामा खबर
२०७९ चैत्र १७ गते ०९:१७ बजे प्रकाशित
0

लागुऔषध ब्राउनसगुर सहित झापाबाट २ जना पक्राउ

लागुऔषध ब्राउनसगुर सहित झापाबाट २ जना पक्राउ

by हंगामा खबर
२०७९ चैत्र १५ गते १७:५१ बजे प्रकाशित
0

विराटनगरमा भएको प्रर्दशनको क्रममा झडप ,१३ जना घाइते

विराटनगरमा भएको प्रर्दशनको क्रममा झडप ,१३ जना घाइते

by हंगामा खबर
२०७९ चैत्र १४ गते १८:३१ बजे प्रकाशित
0

सुनसरीको धरान १५ बाट सञ्चालित यस हंगामा खबर हाल परीक्षण अवधिमा छ । यस अवधिमा प्रकाशित समाचार पढेर यहाँहरुले सल्लाह तथा सुझाव दिनसक्नुहुनेछ । हामी, हरेकदिन यहाँको सुझाव र हामीलाई प्राप्त प्रतिक्रियाका आधारमा यस पोर्टललाई परिष्कृत गर्दै लैजाने छौं ।

© ................ Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© ................ Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist