थिएटर साहारा धरानको दोश्रो प्रस्तुती सर्ट मुवी ‘कुमाक्ला फाक’को छायांकन सम्पन्न भएको छ । लिम्बु संस्कृतिमा आधारित रहेर निर्माण गरिएको नेपाली कथानक चलचित्र ‘कुमाक्ला फाक'( Black pig) को आईतवार छायांकन सम्पन्न गरिएको हो । ४ दिन सम्म मोरङको राजारानी गाउमा छायांकन भएको ‘कुमाक्ला फाक’ को कथा,पटकथा र निर्देशन नविन मेन्याङबो को रहेकोछ । निर्माण टिमले आईतवार साझ राजारानी गाउमा एक कार्यक्रम गरी छायांकन सम्पन्न भएको घोषणा गरेको थियो । समापन कार्यक्रममा बोल्दै निर्देशक मेन्याङ्बोले ‘कुमाक्ला फाक’ को बारेमा बोलेका थिए । उनले लिम्बु जातीको सुंगुर संगको परम्परागत सम्बन्ध र त्यसले पारेको असर बारे ‘कुमाक्ला फाक’ ले बोल्ने बताए । कथाले मुल पात्रमा कालो सुंगुर लाई माग गरेको थियो त्यसैले सर्ट मुवीको मुख्य पात्रनै कालो सुङगुर रहेको उनको दावी थियो । हाम्रो समाज, गाउघरको आर्गनिक कला , सॅस्कृति र शैलीको प्रतिनिधित्व गर्दै फिल्मले चाडै अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरुमा फाईट गर्ने निर्देशक मेन्यङ्बोले बताए । चलचित्रको पोस्ट प्रोडक्सनको कार्य, सम्पादन सम्पन्न हुने बित्तिकै धरानमा बिशेष प्रदर्सनी गरिने भएको छ ।
‘कुमाक्ला फाक’ लाई नविन पराजुलि र सुरेस कुमार लाबुङले संयुक्त लगानी गरेर निर्माण गरेका हुन । चलचित्रमा प्रेम सुब्बा , उदय कुरुम्बाङ , नुमा लिम्वु , रोजनि तेयुइं , प्रकास लिम्बु , सानुराजा थेगिम , दिलु सुब्बा , राधा फोम्बो , संचमाया पंधाक , पुर्णिमाया लिम्बु , जमुना लिम्बु , तेज मेन्याङ्बो , नविन पराजुली र वाल कलाकार अकिंत लिम्बुले अभिनय गरेकाछन । ‘कुमाक्ला फाक’ को सम्पूर्ण प्राविधिकको काम कोशी भिजन नेपाल इटहरी र काठमाण्डौको टिमले सम्हालेका छन । यस अघी थियटर साहारा धरानले १० वर्षे शसस्त्र माओवादी द्धन्दको कथालाई समेटेर छोटो चलचित्र ‘द रेडमुन’ निर्माण गरेको थियो । जस्ले स्पेनी बेबलर अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा BEST NATIONAL DIRECTER OF PHOTOGRAPHI अवार्ड जितेको थियो । नबिन मेनेयाङ्बो सुब्बाले निर्माण र रविन श्रेष्ठको निर्देशन गरेका थिए । द रेड मुनमा वरिष्ठ कलाकार प्रेम सुब्बा , विजय सुब्बा बिशाल श्रेष्ठ , हिमाल दाहाल ,एकराज सुब्बा , तुलसा थापा,कैलाश कार्की , मिहाङ राइ , सानुराज थेगिम ,कमल अधीकारी सुमिना खडगी र बाल कलाकार आरोही श्रेष्ठको अभिनय रहेको थियो ।