राष्ट्र, राष्ट्रियता धर्म, संस्कृति र नागरिक बचाउँ महाअभियान नेपाल नामक अभियानका संयोजक तथा चर्चित व्यवसायी दुर्गा प्रसाईंले आज धरानको भानुचौकमा हुने एक कार्यक्रमलाई सम्बोधन गर्ने भएकाछन । बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदरका कारण व्यवसायीमा परेको प्रभावका विरुद्ध धरानमा आयोजना हुने वृहत् विरोध सभामा अभियानता दुर्गा प्रसाईंसहित ८ वक्ताहरुले सम्बोधन गर्ने , विरोध सभा बारेमा जानकारी गराउँदै संघर्ष समिति धरानका संयोजक तथा सुनचाँदी रत्न तथा आभूषण व्यवसायी संघ कोशी प्रदेशका अध्यक्ष भीषण शाक्यले जानकारी दिए ।
बिहीवार धरानमा पत्रकार सम्मेलन गरी बिरोध सभाको बिषयमा जानकारी गराइएको हो । प्रसाइ सहित रमा सिंह, श्रीराम कँडेल, पुर्व सानू, सतिस पोख्रेल, देवेन्द्र कँडेल, धर्मराज खड्का र शम्भु थापाले कार्यक्रमलाई सम्बोधन गर्ने आयोजकले जनाएकोछ । विरोध सभा धरानको भानुचोकस्थित लोकतान्त्रिक चौतारीमा बिहान ११ बजेदेखि सुरु हुने छ । ‘विरोध सभा कुनै पनि बैंक तथा बित्तीय संस्थाको विरुद्ध होइन, बेथितिको विरुद्ध हो, अध्यक्ष शाक्यले भने, ‘ऋण लिंदा जुन अफर लेटरमा सही गरेका छौं , ब्याजदर त्यही हुनु पर्छ भन्ने हाम्रो माग हो ।’जारी प्रेस बिज्ञप्तीमा जनाइएकोछ ।