शनिवार सम्पन्न नेपाल निर्देशक समाजले निर्बिरोध समिती चयन गरेकोछ । समाजको अध्यक्षमा जनकदिप पराजुली निर्विरोध निर्वाचित भएका छन । निर्देशक समाजको पन्ध्रौ साधारणसभाले पराजुलीको नेतृत्वमा निर्बिरोध नया कार्यसमिति चयन गरेको हो। राजधानी स्थित लिसारा प्ल्यालेसमा सम्पन्न भेलाले उपाध्यक्षमा-सुभाष गजुरेल र दीपशिखा खड्का ,महासचिवमा अरुणकुमार प्रधान
सचिव-देवेन्द्र पाण्डे कोषाध्यक्ष-समुन्द्र भट्ट, सहकोषाध्यक्ष-राज बस्नेत सदस्यहरुमा दीपक वली, सौरभ चौधरी, अम्बर ओली, सत्यराज चौलागाईं, उत्सब केसी, अमृतमान महर्जन, सीमा गुरुङ्ग र रामकुमार श्रेष्ठ निर्वाचित गरेको छ।
कार्य समितिको पहिलो बैठकले निर्देशकद्वय भीषण राई र कमल एक्छकी मगरलाई सदस्य पदना मनोनयन गरेको छ। नेपालका सम्पुर्ण निर्देशकहरुको हकहितको लागि बाइस बर्ष अघि निर्माता, कलाकार तथा निर्देशक युवराज लामाको नेतृत्वमा यो संगठन गठन भएको थियो। साधारणसभामा चलचित्रकर्मी तथा निर्देशकहरु प्रदीप उपाध्याय, मन्जु कुमार श्रेष्ठ, दयाराम दहाल, राजेन्द्र शलभ, दिपेन्द्र के खनाल र दिपा बस्नेत लाई संमान गरिएको थियो। निर्वाचित समाजका अध्यक्ष जनकदिप पराजुलीले आफू र आफ्नो टिमले सम्पुर्ण निर्देशकको हक हितको लागि पुर्ण रूपमा लाग्ने बताउदै सभालाई भब्य र सभ्य रुपमा सम्पन्न गर्नको लागि प्रत्यक्ष अप्रत्यक्ष रुपमा भुमिका खेल्नुहुने सम्पुर्ण चलचित्रकर्मिहरुमा आभार व्यक्त गरेका छन् ।