कोरियाको राजधानी सोलस्थित इथेवनमा हल्लोइन फेस्टिभल मनाउने क्रममा गत शनिबार साँझ भाग-दौड मच्चिँदा अनायसै १५१ बढीको मृत्यु भएकोछ भने कयौँ घाईते भएका छन । मृतक मध्ये करिब ५० जनाको हृदयाघात भएको आशङ्का गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । यो कोरियाको ईतिहाँसमा ठुलो क्षती भएको स्थानियहरुले बताएकाछन् ।
यस्तै २०१४ अप्रिल १६ मा जेजुदो जाँदै गरेको पानी जहाज दुर्घट्ना हुँदा कलीला बिधार्थीहरु ३०४ बढीले ज्यान गुमाउनु परेको थियो त्यस्तै त्यो अघीको १९९५ जुन २९ मा साम्पुङ डिपार्टमेण्ट स्टोर भत्किँदा ५०२ जनाको ज्यान गएको ईतिहास रहेकोछ । बिकशित राष्ट्र भएपनी अकस्मात यस्ता अपसोँचका घट्नाहरु घट्ने गर्दछन । स्थानीय प्रसारक वाईटीएनका अनुसार सियोलको रात्रिकालीन पर्यटकीय गन्तब्य इटेवोनमा रहेको एक बारमा एक अज्ञात सेलेब्रिटीको कार्यक्रम हेर्न ठूलो सङ्ख्यामा भीड जम्मा भएको समय भागदौड मच्चिएको थियो ।