यही शुक्रबार बाट आएको देश्व्यापी प्रदर्शनमा आएको बहुप्रतिक्षित चलचित्र ‘महापुरुष’ सबै उमेर समुहकाले औधी रुचाएकाछन । पूर्वको इटहरी स्थीत इलाइट सिनेमा हलमा बलिया मोरङ घर भएकी १२ बर्षकी कंचन रिमाल दसैं तिहारको छुटीको मौकामा ‘महापुरुष’ हेर्न पुगेकी थिइन । उनले ‘महापुरुष’को खुलेर प्रशंसा गरिन । ‘महापुरुष’ हेरेर धेरै ज्ञान गुणका कुरा सिकेको आफ्नो बाबा ममिलाई धेरै माया कियर गर्न पर्ने भन्दै ‘महापुरुष’ सबैले हेर्न आग्रह समेत गरिन । कार्टुन हेर्ने उमेरमा नेपाली चलचित्र हलमा आएर पहिलोपटक हेरेकी उनी खुब मन पराइन ।
यस्तै आइतबार काठमाडौंको एक हलमा यस्तै अर्को दृश्य देखियो । ९१ वर्षीया वृद्धा भीममाया ओझा लौरो टेकेरै फिल्म हेर्न हलमा पुगिन् । गोंगबु बसपार्कस्थित आईएनआई हलमा फिल्म हेर्न उनी छोरीसहित गएकी थिइन् । स्थायी घर बागलुङ भएकी उनी पनातिको पास्नीका लागि काठमाडौं आएकी हुन् । महजोडीको पारिवारिक कथावस्तुमा फिल्म बनेकाले आमालाई फिल्म देखाउन ल्याएको उनकी छोरीले बताइन् ।
रोमान्स , इमोशन , कमेडीले भरिएको फिल्मले एक बुवाको संघर्षको कथा सँगै दुइपुस्ते प्रेम कथा बोल्ने ‘महापुरुष’ मा मह जोडी अर्थात मदन कृष्ण श्रेष्ठ र हरी बंश आचार्यको मुख्य भूमिका रहेकोछ । एक बुवा र आमाले आफ्ना सन्तानका लागी निभाउनु पर्ने भूमिका एक बाबाले निभाएर समाजको अगाडी महापुरुष बनेका बुवा र सन्तानको मिठो कथा हो ‘महापुरुष’ । विश्व बजारमा धेरै चलचित्रहरु आमाको त्याग र बलिदानको कथाना बनेपनि महापुरुषले भने बाबाको कथा बोलेकोछ । फिल्ममा मदनकृष्ण श्रेष्ठ, रविन्द्र सिंह बानियाँ, अन्जना बराइली, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य लगायतको अभिनय रहेकोछ ।